29 November 2015

दुतावासको गाडी जलाईएकै हो: भारतीय मिडिया

एकिन्द्र कुँवरको फेसबुकबाट साभार२९ नोभेम्बर २०१५, काठमाडौं – काठमाडौंस्थित भारतीय दूतावासले शनिवार प्राविधिक कारणले आफ्नो गाडीमा आगजनी भएको दावी गरेपछि भारतीय मिडियाले यसको खण्डन गरेका छन् । भारतीय दैनिक पत्रिका दैनिक जागरणको अनलाइन संस्करणमा भारतीय दूतावासको भनाईको खण्डन गरिएको छ ।
‘नेपाली माओवादीले शनिवार भारतीय दूतावासमा हमला गरेर त्यहाँ रहेको गाडी जलाएका छन् । यद्यपी प्रहरी र दूतावासले घटनाको कारण प्राविधिक समस्या भनेका छन् । गाडी भारतीय दूतावास परिसरमा थियो,’ दैनिक जागरणको अनलाइन संस्करणमा लेखिएको छ ।

शनिवार दिउँसो भारतीय गाडीमा आगजनी भएपछि उक्त घटना विप्लव नेतृत्वको नेकपा माओवादीले गरेको आशंका गरिएको थियो । तर, दूतावासले भने प्राविधिक कारणले आफ्नो कार्यलयको गाडी जलेको भन्दै ट्वीट गरेको थियो ।

हाम्रो गाडीमा माओवादीले होइन, प्राविधिक कारणले आगो लागेको हो : भारतीय दूतावास 

तर, विप्लव माअ‍ोवादीले भने घटनावारे कुनै विज्ञप्ती जारी गरेको छैन । यस अघि सो पार्टीले दाङ र बुटवलमा भारतीय नम्वर प्लेटका गाडी जलाएको थियो । सो पार्टीका नेताहरुले नाकाबन्दी र हस्तक्षेपका विरुद्ध भारतीय गाडीमाथि कारवाही गर्ने आफ्नो पार्टीको नीति भएको जानकारी दिएका थिए ।

No comments :

Post a Comment