07 November 2015

संकटलाई वरदानमा बदल्नु पर्छः उपप्रधानमन्त्री थापा

थापालाइ स्वागत गर्दै राप्रपा नेपालका कार्यकर्ता। तस्विरः राजाराम बर्ताैलाको ट्विटरबाट
काठमाडाैं-उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले नाकाबन्दीबाट उत्पन्न संकट नेपालका लागि अदृश्य वरदान सावित हुने बताएका छन्। उनले नेपालको कमजाेर कुटनीति र दूरदृष्टी दुबै सुधार गर्ने अवसर अाएको भन्दै संकट वरदानमा रूपान्तरण हुने बताए।‘नेपाल कुनै देशको विरूद्ध लाग्न जरूरी छैन,’ राप्रपा नेपाल काठमाडाैं जिल्ला समितिले शनिबार राजधानीमा अायोजना गरेको कार्यक्रममा बोल्दै थापाले भने ‘सबैले देश हितलाई प्राथमिकतामा राखेर अघि बढ्नु पर्ने बेला अाएको छ।’ उनको भनाइ थियो ‘हाम्रो अदुरदर्शी नीतिको अन्त्य जरूरी छ, अब अात्म निर्भरताको विकासको विकल्प छैन।’

इन्धन अायातमा एक देशसँग मात्रै भर पर्ने अवस्था नरहने भन्दै थापाले तत्काल इन्धन भण्डारण क्षमता बढाउने तर्फ जोड दिनुपर्ने बताए। ‘हाम्रो अन्तराष्ट्रिय व्यापार सम्बन्धको विभिदिकरण गर्नु जरूरी छ,’ थापाले भने ‘अहिलेको संकटले अब उप्रान्त हामीलाई सच्चिने माैका दिएको छ।

No comments :

Post a Comment