08 November 2015

आखिर चित्रबहादुरले त्यस्तो के भने जसले गर्दा भारतीय दुताबास रातारात बिज्ञाप्ति निकाल्न बाध्य भयो...(भिडियो)

नेपालस्थित भारतीय राजदूतावासले उपप्रधान तथा गरिबी निबारण मन्त्री चित्रबहादुर केसीको भनाइको भर्त्सना गरेको छ।
शनिबार विज्ञप्ति सार्वजनिक गर्दै केसीले हिमालय टेलिभिजनसँगको अन्तरवार्ताका क्रममा भारतमा दिएको अभिव्यक्ति आधारहीन, उत्तेजक र दुई देशको सम्बन्धमा नराम्रो असर पर्ने गरी अभिव्यक्ति दिएको दूतावासले बताएको छ।
नेपाल सरकार यस्ता अभिव्यक्तिबाट टाढै रहने छ भन्ने अपेक्षा गरिएकोपनि विज्ञप्तिमा उल्लेख गरिएको छ। विज्ञप्तिमा भारतले सधैँ  नेपालमा शान्ति, स्थायीत्व र सम्वृद्धि चाहेको उल्लेख गरिएको छ।
मन्त्री केसीले हिमालय टिभीको साप्ताहिक कार्यक्रम यक्ष प्रश्नमा भारतले नेपाललाई टुक्राउन खोजेको र  मधेसलाई अाफूमा मिसाउन खोजेको बताएका थिए। 

No comments :

Post a Comment