12 September 2015

अवैध यौनधन्दामा संलग्न ४३ जना पोखरामा पक्राउ

१२ सेप्टेम्बर २०१५,  पोखरा : अनैतिक क्रियाकपालमा संलग्न भएको अभियोगमा प्रहरीले शुक्रबार पोखराका होटल र रेष्टुरेन्टबाट याैन व्यवसायीसहित ३१ युवती र १२ पुरुषलाई पक्राउ गरेको छ ।

पोखरा–८ जाल्पारोडमा युवती र पुरुषहरुवीच अनैतिक क्रियाकलाप हुने गरेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको टोलीले छापा मारेको थियो ।

पक्राउ परेकाहरुमध्ये अधिकांश पोखराको बाग्लुङ्ग बसपार्कमा यौन व्यवसाय गरेर बसेकाहरु रहेका कास्कीका प्रहरी नायव उपरीक्षक गोविन्द अधिकारीले जनाएका छन ।

प्रहरीले बाग्लुङ्ग बसपार्कमा कडा निगरानी गरेर कारबाही गरेपछि त्यहाँवाट विस्थापित यौन व्यवसायीले पोखराका विभिन्न स्थानमा होटल चलाएर बसेका प्रहरीको भनाइ छ ।

No comments :

Post a Comment