12 September 2015

आर्मी प्रहरीका मार्सल आर्ट प्रशिक्षक खत्री नयाँ शक्तिमा

Dr Jagadish Khatri१२ सेप्टेम्बर २०१५, काठमाण्डौ-  नेपाली सेना, प्रहरीका मार्सल आर्टका प्रशिक्षक डा. जगदीशसिँह खत्री जन्मँदै गरेको नयाँ शक्ति नेपालमा आबद्ध भएका छन् । नयाँ शक्ति नेपालको सिद्धान्त र उद्देश्य शान्ति, निकास, विकास र विचार आत्मसात् गर्दै नयाँशक्तिमा आबद्ध भएको नयाँ शक्तिका संयोजक घनश्याम चौलागाइँले बताए ।
कैलालीबाट लामोसमयदेखि ‘वल्र्ड इन्टरनेसनल कम्ब्याड मार्सलआर्ट र नेपाल खुकुरी मार्सल आर्ट तथा नेपाल कम्ब्याड मार्सलआर्टलाई जन्म दिँदै लामो समयदेखि निरन्तर सक्रिय खत्री सेना र प्रहरीका मार्सल आर्ट प्रशिक्षकका रुपमा परिचित छन् । उनी राष्ट्रिय तथा अन्तर्रास्ट्रिय अवार्डबाट पनि सम्मानित छन् ।
मार्सल आर्टको डिग्रीबाट सम्मानित खत्री नेपाल खुकुरी मार्सलआर्ट, नेपाल कम्ब्याड मार्सलआर्टका फाउन्डर (ग्रान्ड मास्टर) पनि हुन् भने वल्र्ड इन्टरनेसनल कम्ब्याड मार्सलआर्ट सोसाइटीका अध्यक्ष, वल्र्ड अल स्टाइल मार्सलआर्ट सेकुरिटी सोसाइटीका मुख्य निर्देशक, युएस इन्टरनेसनल ग्रान्ड मास्टर सोकेसिप युनियन
तथा युएस काउन्सिल अफ्रिका युनियन प्रमुख पनि हुन् । ग्रान्ड मास्टर खत्री लामो समयदेखि भारतको मुम्बईलाई आफ्नो कर्मथलो बनाएर मार्सल आर्ट विश्वभर चिनाउने काममा सक्रिय छन् ।
खत्रीले भारतको महारास्ट्र मुम्बई पुलिस कमाण्डो र नेबि कमाण्डोलाई पनि प्रशिक्षण दिइसकेका छन् । मुम्बईमा मार्सल आर्ट युनिभर्सिटी चलाइरहेका खत्रीले सोके, ग्रान्ड मास्टर र पिएचडीको डिग्री प्राप्त गरिसकेका छन् ।  खत्री नयाँ शक्तिमा प्रवेश गरेपछि भारतमा पनि नयाँ शक्तिको संगठन विस्तार थप हुने संयोजक चौलागाइँले बताए । नयाँ शक्ति नेपाल भारत परिवारका अन्तर्रास्ट्रिय समन्वय संयोजक नवीन साउद, केन्द्रीय संयोजक नरेन्द्र ओली, केन्द्रीय सदस्य डा. टेक चाड र केन्द्रीय ब्यानर संयोजक शंकर बोगटीसहितको समूहले खत्रीलाई नयाँ शक्तिको सदस्यमा स्वागत गरेका थिए ।
७५ जिल्लामै संगठन
सामाजिक सञ्जाल फेसबुकबाट थालिएको नयाँ शक्ति अभियान अहिले देशभर फैलिएको संयोजक चौलागाइँले बताए । नयाँ शक्ति जन्मँदै छ भनेर सुरुमा नेप्लिज डट ओआरजीले समाचार सार्वजनिक गरेको थियो । नेपालका विभिन्न जिल्ला र १० भन्दा बढी देशमा नयाँ शक्तिका संदस्य विस्तार भएको समाचारसँग राजनीतिबाट विरक्तिएका युवाहरु चौलागाइँको नयाँ शक्तिमा आवद्ध हुने क्रम बढेको हो ।
फेसबुकबाट थालिएको अभियानमा अहिले नेपालका ७५ जिल्लामै संगठन विस्तार भएको उनले फेसबुकमा लेखेका छन् । ४० हजार भन्दा बढी सदस्य आवद्ध उनको संस्थामा गाउँका युवादेखि राजनीतिक संगठनका उच्च ओहोदामा रहेका पनि आउने क्रम जारी छ ।

No comments :

Post a Comment