14 September 2015

ठूला दलले हिन्दु राष्ट्रको पहिचान मेटाए

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले कांग्रेस, एमाले र एमाओवादी मिलेर हिन्दु राष्ट्रको पहिचान मेटाएको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै अध्यक्ष थापाले गणितिय आधारमा तीन ठूला दलले हिन्दुराष्ट्रको पहिचान समाप्त पार्ने काम गरेको जनाएका हुन् ।

'करौडौं नेपालीहरुको चाहना विपरित बिदेशीको दवावमा गणितिय आधारमा फेरि पनि हिन्दुराष्ट्रको पहिचान समाप्तपार्ने काममा कांग्रेस,एमाले,एमाओवादी एक भए', अध्यक्ष थापाले भनेका छन् ।

हिन्दु राज्य र राजतन्त्रसहितका आफ्ना मुद्धालार्इ संविधानसभाले अस्वीकृत गरिदिएपछि अध्यक्ष थापाको यस्तो प्रतिक्रिया आएको हो ।

संविधान निर्माणको प्रक्रियाबाट बाहिरिएको राप्रपा नेपाल फरक मतसहित आइतबार पुन: प्रक्रियामा फर्किएको थियो ।

सोमबार बसेको संविधानसभाको बैठकले हिन्दुराज्यबारे मतदान गरिनुपर्ने राप्रपा नेपालको प्रस्ताव संविधानसभाले अस्वीकृत गरेको थियो ।

No comments :

Post a Comment