14 September 2015

अर्धनग्न दुई युवतीले विथोले मुस्लिम सम्मेलन

Topless-women-disrupt-muslim-conferenceफ्रान्सको पेरिसमा जारी एउटा मुस्लिम सम्मेलन दुई अर्धनग्न यूवतीले विथोलिदिएका छन् । सम्मेलनभित्र एकाएक उनीहरु घुसेर हंगामा गरेको भिडियो सोसल मिडियामा भाइरल बनेको छ ।

सभा जारी रहेका बेला ती दुई यूवती दगुर्दै स्टेजमा उक्लिएपछि वक्ताहरु आत्तिएर स्टेजबाटै भागेको दृष्य भिडियोमा देखिन्छ । स्टेजमा माइक्रोफोन खोसेर जोड-जोडले नारा लगाउँदै गरेका यूवतीलाई आयोजकले प्रहरीको सहयोगमा बाहिर निकालेको थियो ।
स्टेजबाट हटाउने क्रममा एक यूवती जमिनमा लडेको र केहि मानिसहरुले उनलाई कुटेको भिडियोमा देखिएको छ । उनीहरुलाई त्यहाँ उपस्थित व्यक्तिहरुले अश्लिल शब्दहरु प्रयोग गर्दै गाली गरेको समेत सुनिएको छ ।
२१ र २५ वर्षीया ती यूवतीले आफ्नो नग्न शरीरमा विभिन्न नाराहरु लेखेका थिए । उनीहरु फेमिन नामको एक महिला संगठनका कार्यकर्ता भएको बताइएको छ ।
संगठनकी प्रवक्ता इन्ना सेभ्चेन्कोले सम्मेलनमा ‘श्रीमानले श्रीमतीलाई पिट्नुपर्छ कि पर्दैन’ भन्ने विषयमा बहस भइरहेका बेला आफ्ना कार्यकर्ताले हस्तक्षेप गरेको बताएकी छिन् ।
सन् २००८ मा यूक्रेनमा बनेको फेमिन संगठन अहिले फ्रान्सको पेरिसबाट सञ्चालित हुँदै आएको छ । यो संगठनले महिलामाथि हुने अत्याचार तथा धार्मिक अतिवाद लगायतका थुप्रै मुद्दाहरुमा यसरी नै टपलेस प्रदर्शन गर्दै आएको छ ।
यसअघि फेमिनका कार्यकर्ताले यूक्रेन, फ्रान्स, स्वीडेन, स्पेन र ट्यूनिशियामा यस्तैखाले प्रदर्शन गरेका थिए ।

No comments :

Post a Comment