14 September 2015

जेलमा आक्रमण गरी ३५० कैदी भगाइयो

अफगानिस्तानका तालिवानहरुले सोमबार बिहान यहाँको गजनी प्रान्तमा रहेको एक जेलमा आक्रमण गरेपछि ३५० भन्दा बढी आतङ्ककारी भागेका छन् ।
स्थानीय समयअनुसार सोमबार बिहान करिब २ बजे कारागारका प्रमुखद्धारमा तालिवान सशस्त्र लडाकूहरुले कारबम विस्फोट गराएका थिए ।
सो विस्फोटपछि प्रहरीको पोशाकमा लुकेर आएका ६ जना तालिवान आतङ्ककारीले जेलघरमै आक्रमण गरेको जनाइएको छ ।

प्रारम्भिक चरणको सूचना अनुसार कारागाराबाट ३५२ जना कैदीहरु भागेका छन् । ती कैदीहरुमा फौजदारी मुद्दामा कैदमा परेका ८० भन्दा बढी कैदीहरु रहेको जनाइएको छ ।
तालिवान आतङ्ककारी समूहले यस घटनाको जिम्मा लिएको सोमबारै प्राप्त समाचारमा जनाइएको छ ।
अफगानिस्तानमा यसअघि पनि अफगानिस्तानका तालिवानहरुले नै यस प्रकार कारागार ताडेर कैदी भागाउने गरेका थिए ।
सन् २०११ मा कान्दाहार प्रान्तमा सयाँै तालिवान कैदी जेल तोडेर भागेका थिए । त्यस समय पनि तालिवानहरुले नै भगाएका थिए । एजेन्सी

No comments :

Post a Comment