13 May 2015

उत्तर कोरियाका रक्षामन्त्रीलाई जाराै‌ मानिसकाे सामुनन्नेमा हत्या गरियाे - See more at: http://www.nagariknews.com/world/story/37956.ht

कोरिया–उत्तर कोरियाका रक्षा मन्त्री ह्यान यांग चोललाई हजारौं मानिसको सामुन्नेमा हत्या गरिएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार दक्षिण कोरियाको खुफिया एजेन्सीले रक्षामन्त्रीको हत्या गरिएको जानकारी संसदमा दिएको छ ।


दक्षिण कोरियाको समाचार एजेन्सी योनहपलाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार ३० अप्रिलमा हजारौं मानिसको उपस्थितिमा रक्षा मन्त्री ह्यानलाई एन्टी एयरक्राफ्ट तोपले हत्या गरिएको हो । उनलाई उत्तर कोरियाका सर्वोच्च नेता किम जोंग यूनप्रति वफादार नभएको आरोप लगाइएको थियो । रक्षा मन्त्रीको हत्या गरिएको जानकारी निकै ढिला गरी दिइएको छ । रक्षा मन्त्री ह्यान २०१० जनरल भएका थिए । उनको बारेमा किनै कम मात्र जानकारी भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । ह्यानले डिसेम्बर २०११ मा दिवंगत नेता किम जान्ग इलको अन्तिम संस्कारका लागि गठन भएको समितिमा रहेर काम गरेका थिए, जसबाट उनको बढ्दो प्रभावको अनुमान गरिन्थ्यो ।

उनी २०१२ मा त्यस बेला रक्षा मन्त्रीमा नियुक्त भएका थिए जतिबेला वरिष्ठ अधिकारीको पदबाट हटाइएको थियो र उनीहरुलाई मृत्यु दण्डको सजाय दिइएको थियो । जसमा वर्तमान सर्वोच्च नेता किमका काका चांग सांग पनि सामेल थिए ।चांग कुनै बेला उत्तर कोरियाका दोस्रो प्रभावशाली हस्ती थिए । उनलाई डिसेम्बर २०१३ मा पार्टीको बैठकबाट पक्राउ गरिएको थियो । उनलाई आफ्नो भजिताको विरुद्ध षड्यन्त्र गरेको आरोप लगाइएको थियो I

No comments :

Post a Comment