13 May 2015

अमेरिकी हेलीकोप्टर तामाकोशीमा ‘लोकेट’ भएको प्रारम्भिक तथ्य


अमेरिकी हेलीकोप्टर तामाकोशीमा ‘लोकेट’ भएको प्रारम्भिक तथ्य -
३० वैशाख, काठमाडौं । भूकम्पमा परेका मानिसहरुको खोज तथा उद्धारका लागि काठमाडौंबाट दोलखातर्फ गएको अमेरिकी सेनाको हेलिकप्टर तामाकोशीमा ‘लोकेट’ भएको प्रारम्भिक तथ्य फेला परेको छ ।
‘तामाकोशीको पानीमा लोकेट भएको भन्ने छ, तर यसको पुष्टि भइसकेको छैन,’ गृहमन्त्रालयका प्रवक्ता लक्ष्मी ढकालले अनलाइनखबरसँग भने, ‘हामी यसलाई पुष्टि गर्ने प्रयास गरिरहेका छौं ।’

चालक दलका सदस्य सहित आठ जना बोकेर मंगलबार दोलखातर्फ उडेको मेराइन हेलिकप्टर मंगलबार अपरान्हदेखि चरिकोट नजिकैबाट हराइरहेको थियो ।
मंगलबार दिउँसो २ः३० बजे उढेको हेलिकोप्टर रातभरि खोजी हुँदा पनि फेला पर्न सकेको थिएन ।
‘अपरेसन सहयोगी हात’ नामक मिसनलाई सहयोग गर्न गइरहेको सो A UH-1Y Huey, Marine Light Attack Helicopter Squadron 469 हेलिकप्टरलाई बेपत्ता घोषित गरिएको अमेरिकी सेनाका क्याप्टेन क्रिस सिम्सले एक विज्ञप्तिमार्फत बताएका छन् ।
हेलिकप्टर हराउनुको कारण तत्काल प्रष्ट नभएको र घटनाको अनुसन्धान भैरहेको बताइएको छ । नेपालको भुकम्पीय उद्धार तथा राहतका लागि सघाउन झण्डै ३ सय अमेरिकी सेना नेपालमा रहेका छन् ।

No comments :

Post a Comment