16 May 2015

-गुगल ब्वाइबारे भ्रामक प्रचार नगर्न अपील, भूकम्पबारे आदित्यको यस्तो छ संदेश ..

ठमाडौं, जेष्ठ २ । आदित्य दाहाल अर्थात गुगल ब्याइले महाभूकम्पबारे भविष्यबाणी गरेको भन्दै भ्रामक खबर दिएकामा उनको परिवारजनले आपत्ति जनाएका छन् ।

 गत बैशाख १२ गतेको महाभूकम्प र पराकम्पनपछि आउने भूकम्पबारे आदित्यले त्यस्तो कुनै भविष्यबाणी नगरेको उनको परिवारजनले जनाएका छन्भ्रामक खबर फैलाई आदित्यलाई बदनाम गर्न खोजेको भन्दै उनका परिवारले आपत्ती जनाएका हुन् ।

बैशाख १२ गते र त्यसपछिका भूकम्पबारे कुनै भविष्यबाणी नगरेपनि सबै मिलेर अहिलेको विपत्तीबाट बाहिर निस्कन सक्ने सन्देश भने दिएको उनको परिवारको भनाई छ ।


भूकम्प गएको केही दिनमा मानव सेवा नै सबैभन्दा ठूलो धर्म हो । जिम्मेवारी सम्झी पीडितको सेवामा समर्पित भई लागौं, जुटौं सहयोग गरौं ।

धर्तीमातासँग एकतासहितको शान्ति स्थापना गर्ने छौ भनी सपथ खाऔं, प्रतीज्ञा गरौ, अवश्य यो अनिष्ट टर्नेछ । त्रास हट्ने छ । ताण्डव रोकिनेछ जस्ता सन्देश आदित्यले लेखेका छन् ।

भूकम्पग्रस्त क्षेत्र घुम्ने इच्छा ब्यक्त गरेअनुसार उनलाई केही भूकम्प प्रभावित क्षेत्र पनि देखाएपछि यस महाप्रलयमा पनि मृत्युलाई जितेर आएका छौं जस्ता सन्देश लेखेको परिवारजनको भनाइ छ ।

आफ्ना छोरालाई भूकम्पको भविष्यबाणी गर्न कुनै प्रश्न नसोधिएको र आदित्य स्वयंले पनि कुनै सन्देश लेख्न नचाहेको परिवारजनले प्रष्ट गरेका हुन् । Source:Imagekhabr.com

No comments :

Post a Comment