18 May 2015

गगन थापाले निर्माण गरिदिए ४८ भूकम्पपीडितका लागी टहरा, पढ्नुहोस उनको प्रेस बिज्ञप्ति



३ जेठ २०७२, काठमाण्डौं- नेपाली कांग्रेसका युवा नेता तथा घेरै नेपालीले धेरै आश गरेका नेता गगन थापाले भर्खरै गएको भूकम्पपीडितहरुका लागी आफ्नै सक्रियतामा नुवाकोटमा ४८ घर-टहरा निर्माण गरिदिएका छन् ।
काठमाडौं क्षेत्र नं. ४ चुनिखेलका १० जना कालिगढ युवाहरु, थापाथली ईन्जिनियरिङ कलेज, डव्लु आर सी, नेपाल ईन्जिनियरिङ कलेज, कस्मस ईन्जीनियरिङ कलेज, कान्तिपुर सिटी कलेज, कान्तिपुर ईन्टरनेसनल कलेज लगायत विभिन्न क्याम्पसका नेविसंघ आवद्ध ४० भन्दा वढि ईन्जीनियर प्राविधिक युवाहरु, पव्लिक पोलिसी पाठशालाका साथीहरू र डेमोक्रेटिक युथ एलाईन्सका युवाहरु सहित अन्य ९० जनाको टिमको सक्रियतामा उक्त निर्माण सम्पन्न भएको गगनले बताएका छन । घर निर्माणका लागि चाहिने जस्ता पाता, वाँस, अन्य सामाग्रीहरू उनी लगायत नेपाली काँग्रेसका युवाहरूको योगदानवाट जुटाएका थिए भने आवश्यक काठ स्थानीय परिवारहरूले नै खोजेका थियो । नेपाली काँग्रेसका युवाहरूको सहयोग र काँग्रेसकै यूवाहरूको स्वयंसेवी श्रमदान भएपनि हामीले घर निर्माण
गर्दा कुनै आस्था र पृष्ठभूमि हेरिकनै निर्माण भएको गगनले दाबी गरे । निर्माणका लागी एउटा गाँउ छनोट गरेर त्यस गाऊमा सम्पुर्ण घरहरु निर्माण गरिएको हो । दुई दिनसम्म संगै वसेर संगै श्रमदान गरेर स्थानीय जनतासंग जोडिन पाउँदा निकै खुसी लागेको गगनले बताए । निर्माण सकेर काठमाण्डौ फर्केका गगनले प्रेश बक्तब्य नै जारी गरे जुन तल पढ्न सकिने छ ।








प्रेस विज्ञप्ति'४८ अस्थायी घर निर्माण'२ दिनको श्रमदानवाट ४८ अस्थायी घर बनाएर हामी नुवाकोटको कुमरी गाउँवाट फर्केका छौं । हामीसंग काठमाडौं क्षेत्र नं. ४ चुनिखेलका १० जना कालिगढ साथीहरू, थापाथली ईन्जिनियरिङ कलेज, डव्लु आर सी, नेपाल ईन्जिनियरिङ कलेज, कस्मस ईन्जीनियरिङ कलेज, कान्तिपुर सिटी कलेज, कान्तिपुर ईन्टरनेसनल कलेज लगायत विभिन्न क्याम्पसका नेविसंघ आवद्ध ४० भन्दा वढि ईन्जीनियर प्राविधिक साथीहरू, पव्लिक पोलिसी पाठशालाका साथीहरू र डेमोक्रेटिक युथ एलाईन्सका साथीहरू सहित अन्य ९० जनाको टिम थियो । घर निर्माणका लागि चाहिने जस्ता पाता, वाँस, अन्य सामाग्रीहरू म लगायत नेपाली काँग्रेसका साथीहरूको योगदानवाट जुटाएका थियौं भने आवश्यक काठ स्थानीय परिवारहरूले नै खोज्नु भएको थियो । नेपाली काँग्रेसका साथीहरूको सहयोग र काँग्रेसकै यूवाहरूको स्वयंसेवी श्रमदान भएपनि हामीले घर निर्माण गर्दा कुनै आस्था र पृष्ठभूमि हेरेनौं । एउटा गाँउ छनोट गर्‍यौं र त्यस गाँउको सवैका घरहरू निर्मान गर्यौं । दुई २ दिनसम्म संगै वसेर संगै श्रमदान गरेर स्थानीय जनतासंग जोडिन पाउँदा मलाई खुशी लागेको छ । यो अभियानमा साथ दिने सवैप्रति आभार प्रकट गर्दछु ।साथै यसै विचमा हाम्रो अभियानलाई समर्थन गर्दै हामीले निर्माण गरेको ४८ घर वाहेक यही गाँउका थप परिवारलाई २० वण्डल जस्ता उपलव्ध गराउने अमेरिकाको क्याफोर्नीयामा रहेका नेपालीहरूका संस्थाहरू 'सन्नी सगरमाथा सोसाईटी, नेपाली एसोसियसन अफ नर्देन क्यालिफोर्नीया र आदिवासी जनजाती महासंघ क्यालिफोर्नीया' लाई पनि धन्यवाद दिन चाहन्छु ।यो हाम्रो शुरुवात हो । २ दिनको कुमरी वसाईवाट हामीले केही अनुभव बोकेर आएका छौं । यसवाट प्राप्त अनुभवले हामीलाई अरु स्थानमा पुग्दा थप सहज हुनेछ ।१. सरकारले भर्खर मात्र डुङ्ग्रे वास र २ नाले घरको नमुना प्रस्तुत गरेको छ । डुंग्रे वास(घर) वनाउन कोहि पनि तयार देखिनु भएन । हामीले एक नाले र दुई नाले दुवै खाले घर वनायौं । हाम्रो अनुभवमा दुई लाने घर वनाउदा सामाग्री र श्रम दुवै वढि लाग्ने रहेछ । गाँउमा कतिपय ठाँउमा बाँस तथा ढूङ्गा अभाव र काठ जुटाउने क्रममा बन धेरै मासिने संभावना पनि उत्तिकै देखियो । सामाग्री र स्रोत साधन भएको ठाँउमा २ नाले उपयुक्त भएतापनि सिमित स्रोत साधन भएको ठाँउहरूमा १ नाले घर सवैकिसिमले उपयुक्त देखिएको छ । अतः सरकारले प्रस्तुत गरेको नमुना अस्थायी घरमा १ नाले घरलाई पनि राख्न अनुरोध गर्दछु ।२.अधिकांश गाँउमा आवश्यक जनशक्तिको अभाव छ । यूवा देश वाहिर रहेको अवस्था, महिला, वृद्ध र वालवालिकाको बाहुल्यता छ । सवैको क्षति भएको छ, घरहरू भत्केका छन । सीमित श्रम शक्ति आफ्नो ओत वनाउन केन्द्रीत हुँदा श्रम गर्ने मान्छे चाहिएको छ । त्यसको लागि पनि स्वयंसेवी अभियान जरूरी छ ।३.हाम्रो टिममा कालिगढ,प्राविधिक ईन्जिनियर,र श्रमदान गर्ने यूवा साथीहरूको संयोजन भएकोले हामीलाई घर निर्माणमा सजिलो भयो । यसरी सिप र श्रमको संयोजन भयो भने सजिलो हुने हुने हुँदा सो अनुरुप टिम वनाउदा उपयुक्त हुन्छ ।४.गाँउमा घरसँगै धेरैका गोठ र कृषि उपजको समेत क्षति भएको छ । त्यसैले घर टहरा, विद्यालय, स्वास्थ्य संस्था,सरकारी कार्यालय संगै कृषि क्षेत्रको कामलाई पनि तत्कालै सुरु गर्नु पर्ने देखिन्छ ।हामीलाई थाहा छ, तत्काल लाखौं घर परिवारलाइ टहरा आवश्यक परेको वेला एक ठाँउमा मात्र वनाएर हुँदैन । तर यो शुरुवात हो । केहि नगर्नु भन्दा जति सकिन्छ त्यति प्रयास गरौं भनेर प्रारम्भ गरेका हौं । यतिवेला सरकारले प्रत्येक परिवारलाई दुई वण्डल जस्ताको लागि १५ हजार उपलव्ध गराउने भनेको छ । जस्ताले मात्रै घर बन्दैन । जेठ महिनाभित्र सरकारले उपलव्ध गराउने जस्ता पिडितकोमा पुग्न सकेन र टहरा वनाउन सकिएन भने बर्षादको चापले भूकम्प पिडित परिवारको जीवन थप पिडादायी बन्न सक्छ । त्यसैले जस्ता वितरण संगै त्यो जस्तालाई घरमा परिणत गर्न श्रम शक्ति चाहिएको छ । सवैले प्रयास गर्‍यौं भने स्वयंसेवी रुपमा त्यो शक्ति हामी वाटै जुटाउन सक्छौं । प्रत्येक पार्टीले आफ्नो सवै निकायलाई परिचालित गर्ने हो र त्यो स्वयंसेवी सिप र श्रमलाई सरकारले संयोजन गर्ने हो भने मात्र हामीले जेठ महिना भित्र सवै ठाँउमा अस्थाई घर निर्माण गर्न सक्छौं भन्ने मेरो विश्वास हो । अतः यस किसिमको स्वयंसेवी अभियानलाई व्यवस्थित रुपमा संचालन गर्न म नेपाली काँग्रेसलाई अनुरोध गर्दछु ।हामी निरन्तर यस अभियानमा छौं । यसरी नै सीप र श्रम दिन चाहने स्वयंसेवी साथीहरू सहित अव केहि दिनमा धादिङ जाने योजनामा छौ । बुढानिलकण्ठको तौलुङमा पनि बनाउदै छौं । काभ्रे,सिन्धुपपाल्चोक, गोरखा लगायत अन्य ठाँउमा पनि जाने प्रयास गरिरहेका छौं । आंफूसंग सिप श्रम जे छ, जहाँ सकिन्छ यो अभियानमा सहभागि हुन र हातेमालो गर्न सवैलाई आग्रह गर्दछु ।गगन थापा२०७२ जेठ ३

No comments :

Post a Comment