12 May 2015

तालिवानले क्षेप्यास्तर हानी खसायो पाकिस्तानको हेलिकप्टर, नर्वेलगायतका देशका राजदुत मरिए

तालिवानले जमिनबाट आकाशमा प्रहार गर्ने क्षेप्यास्त्र प्रयोग गरी कूटनीतिज्ञ लिएर उडेको पाकिस्तानी हेलिकप्टर झारेको देखाउने एक भिडियो सार्वजनिक गरेको छ । एपीलाई प्राप्त एक भिडियोसँगै उनीहरूले तीन किलोमिटरको दूरीबाट शुक्रबार उक्त हेलिकप्टर झारेको दाबी गर्दे एक सन्देश राखेका छन् । सन्देशमा उर्दु भाषामा उक्त क्षेप्यास्त्रले हेलिकप्टरको पुच्छरको रोटरमा प्रहार गरेको उल्लेख गरिएको छ । उक्त दुर्घटनामा पाकिस्तानका लागि फिलिपिन्स तथा नर्वेका राजदूत तथा मलेसिया तथा इन्डोनेसियाका राजदूतका श्रीमतीहरूको मृत्यु भएको थियो । यसका साथमा पाकिस्तानी हेलिकप्टर चालकहरूको पनि मृत्युभएको थियो । उक्त हेलिकप्टरमा रहेका १२ यात्रु घाइते भएका थिए र ती प्रायः कूटनीतिज्ञ भएको बताइएको छ । यस विषयमा टिप्पणी गर्न सैनिक अधिकारी उपलब्ध भएनन् । यसअघि पाकिस्तानले प्राविधिक असफलताका कारण उक्त दुर्घटना भएको र तालिवानको दाबी अवसरवादिता भएको दाबी गरेको थियो । उक्त भिडियो शनिबार लडाकूको वेबसाइट तथा पत्राचारमा सार्वजनिक भएको हो । पाकिस्तानी लडाकूहरूसँग जमिनबाट आकाशमा प्रहार गर्ने क्षेप्यास्त्र रहेका छन् ।

No comments :

Post a Comment