12 May 2015

नेपालमा बि.स. १३१० देखी बि.स. २०७२ भु-कम्पको इतिहास

Slide10
१२ मे २०१५, काठमाण्डौ- बि.सं १३१० आषाढ शुक्ल तृतीया सोमबार, राजा अभय मल्लको शासनकालमा काठमाण्डौंमा गएको करिब ७.७ रेक्टर स्केलको भूकम्प हालसम्म नेपालमा अभिलेख प्राप्त भूकम्प मध्ये पहिलो प्रमाण ।

बि.सं १३१६ राजा जय देवको पालामा गएको भूकम्पका कारण अपार जनधनको क्षति भई अनिकालको सामना ।
वि.सं १४६४ भाद्र शुक्ल द्वादशीको दिन राजा श्याम सिंहको पालामा आएको भूकम्पबाट ठूलो संख्यामा जनधनको क्षति ।
वि.सं १७३७ पौष कृष्ण अष्टमीका दिन रातको समयमा गएको भूकम्पबाट अपार जनधनको क्षति ।
वि.सं १७३८ जेष्ठ शुक्ल सम्तमीका दिन राजा श्रीनिवास मल्लको शासनकालमा गएको भूकम्पबाट धेरै घर क्षतबिक्षत ।
वि.सं १८२४ आषाढ १ का दिन २४ घण्टामा २१ पटक भूकम्पको झड्का दिएको ऐतिहासिक तथ्य ।
वि.सं १८६६ जेष्ठ दशहराका दिन २१ पटक भूकम्पीय धक्काको अनुभव ।
वि.सं १८८० यम पञ्चमीका दिन लगभग १७ पटक भूकम्पको झड्का ।
वि.सं १८९० भाद्र १२ गते सोमबारका दिन साँझदेखि राती सम्ममा २३ पटक सम्म भूकम्पका धक्का । केहि दिन सम्म प्रति दिन ४० देखि ५० पटकसम्म भूकम्प सन्त्रास । यसबाट काठमाण्डौं उपत्यकाका ४,२१४ घर, देशभर १८ हजार घर क्षति भएको अनुमान ।
वि.सं १८९१ असार र असोजका विभिन्न दिन भएका भुकम्पहरुबाट धेरै घरको नोक्सानी ।

वि.सं १९७३ नेपालको सुदूरपश्चिमाञ्चल क्षेत्रमा ठूलो भूकम्प ।
वि.सं १९९० माघ २ गते दिनको २ बजे २४ मिनेट २२ सेकेण्ड जाँदा नेपालको पूर्बी क्षेत्र चैनपुरमा केन्द्रबिन्दु बनाएर गएको ८.४ रेक्टर स्केलको महा भूकम्पबाट ८,५१९ जनाको मृत्यु, घर, देवालय र पाटी पौवा समेत गरी २ लाख ७ हजार ७४० वटा संरचना भग्नावशेष ।
वि.सं २०२३ असार १३ गते सुदूरपश्चिमाञ्चल क्षेत्रमा आएको भूकम्पबाट २४ जनाको मृत्यु हुनुका साथै १ हजार ३ सयभन्दा बढी घरहरुको पूर्ण क्षति ।
वि.सं २०३७ श्रावण १४ गते बझागं जिल्लामा आएको ६.४ रेक्टर स्केलको भूकम्पबाट १६ जिल्लामा गरी १०३ जनाको मृत्यु र साढे २ सय हजार भन्दा बढी घरहरु क्षतिग्रस्त ।
वि.सं २०४५ भाद्र ५ गते विहान ४ बजेर ५४ मिनेट ३५ सेकेण्डमा नेपालको पूर्बी भाग उदयपुर जिल्लामा केन्द्र बिन्दु बनाएर गएको ६.६ रेक्टर स्केलको भूकम्पबाट ७२१ जनाको मृत्यु र करिब ६५ हजार घर भन्दा बढी घर क्षतिग्रस्त ।
वि.सं २०७२ बैशाख १२ गते बिहान ११ बजेर ५५ मिनेटमा गोरखाको बारपाकलाई केन्द्र बिन्दु बनाएर गएको ७.६ रेक्टर स्केलको भूकम्प र १३ गते सिन्धुपाल्चोकलाई केन्द्र बनाएर गएको ६.८ रेक्टर स्कलको भूकम्पले अहिले सम्म ८ हजार ब्यक्तिको मृत्यु, करिब २० हजार घाईते । त्यसैगरी २ लाख २ हजार ३ सय ७१ भौतिक संरचना पूर्ण रुपमा क्षति, २ लाख १७ हजार ४२ संरचना आशिंक रुपमा क्षतिग्रस्त भएका छन् ।**
Image: Nepal quake kills more than 1,800 and avalanches on Everest
- See more at: http://setoparewa.com/2015/05/07/27219#sthash.g7cyZG09.dpuf

No comments :

Post a Comment