13 May 2015

भुकम्पपीडितलाइ ल्याइएका त्रिपाल निजी गोदाममा भेटियो

३० बैसाख २०७२, काठमाडौं-प्रलयकारी भूकम्प पिडितलाई बाड्न नेपाल सरकारले भारतबाट किनेको त्रिपाल ब्यक्तिको घरको गोदाममा फेला परेको छ । भारतस्थित नेपाली दुतावासले किनेर पठाएको ५० लाखको त्रिपाल जोरपाटीमा रहेको एक निजी गोदाममा फेला परेको हो ।
नेपाली बजारमा त्रिपालको अभाव भएपछि सरकारले भारतस्थित नेपाली दुतावासलाई त्रिपाल किनेर पठाउन निर्देशन दिएको थियो । जानकारस्रोतका अनुसार सरकारले पछि शोधभर्ना हुनेगरी ५ हजार त्रिपाल किनेर तत्काल पठाउन निर्देशन दिए अनुसार दुतावासका अधिकारीले ५० लाख खर्चेर करिव ५ हजार वटा त्रिपाल किनेर नेपाल पठाएका थिए ।

भारतीय टकमा राखेर नेपाल पठाइएको टक २४ गते भैरहवाहुँदै नेपाल प्रवेश गरेको थियो । भैरहवा भन्सार कार्यालयबाट भुकम्प पिडितको राहतको लागी जाँचपासको अनुमती लिएर हिडेको टक २ दिनसम्म हरायो ।

नेपाल प्रवेश गरेसँगै सरकारी कोषमा दाखिला हुनुपर्ने त्रिपाल कहाँ पुग्यो न नेपालका सरकारी अधिकारीले चाल पाउन सके न सामान खरिद गरी पठाउने दुतावासका अधिकारीलेनै । सरकारी रकममा किनेर पठाएको सामान हराएपछि नेपाल र भारतीय दुतावासमा हल्लीखल्ली भयो ।

हराएको टक खोज्ने जिम्मा गृह मन्त्रालयले प्रहरीलाई दियो । स्रोतका अनुसार टक हराएको चौथो दिन प्रहरीले भुकम्पबाट घरबार विहिन भएका पिडितसम्म पुग्नुपर्ने त्रिपाल जोरपाटीमा एक ब्यक्तिको नीजि घरमा फेला पर्यो ।

विश्वस्तस्रोतका अनुसार प्रहरीले त्रिपाल नियन्त्रणमा लिएर गणना गर्दा १ सय १९ पोका त्रिपाल फेला परेको छैन । प्रत्येक पोकोमा १० वटा त्रिपाल रहेको जानकारस्रोतले नागरिकलाई जानकारी दियो । विश्वस्तस्रोतका अनुसार महानगरीय प्रहरी बृत्त बौद्धले सो घटनामा संलग्न रहेको भन्दै सिन्धुपाल्चोक थकनी ८ का २१ वर्षिय आगंटासी तामागंलाई मंगलबार पक्राउ गरेर अनुसन्धान गरिरहे पनि घटनामा संलग्न अन्यबारे खुल्न सकेको छैन ।

कसरी हरायो टक


भुकम्पको प्रभावबाट करिव ६ लाख नागरिक प्रत्यक्ष प्रभावित भए पनि त्रिपाल नहुँदा सरकारले घरबार विहिनका लागी स्थायी बासस्थानको प्रवन्ध गर्न सकेन । भारत, चीन लगायतका राष्टबाट २ लाख बढी टेन्ट आए पनि माग पुरा हुन नसकेपछि सरकारले भारतबाट त्रिपाल खरिद गर्ने निणृय गर्दै त्यसको प्रवन्ध गर्ने जिम्मेवारी दिल्लीमा रहेको नेपाली राजदुत दिपकुमार उपाध्यायलाई तोकेको थियो । सरकारको निर्देशन अनुसार उपाध्यायले करिव ५ लाख त्रिपाल खरिद गरी २४ गते भारतीय नीजि टकमा राखेर नेपाल पठाएका थिए ।

जानकारस्र्रोतका अनुसार २४ गते दिल्लीको इन्डीयागेटबाट त्रिपालले भरिएको टक नेपाल हिडेको थियो । भारतीय सवारी चालक रहेको सो टकमा दुतावासका कुनै प्रतिनिधि थिएनन् । टक चालकलाईनै नेपाली सरकारी प्रतिनिधिसम्म पूर्याउने जिम्मा दिएर त्रिपाल पठाइएको थियो विश्वस्तस्रोतका अनुसार सोही दिन नेपाली काग्रेस निकट नेपाल भारत सम्पर्क समितिले भारत संकलन गरेको राहतले भरिएको २ वटा टक समेत थियो ।

दिल्लीमा राहत संकलनको नेतृत्व समितिका अध्यक्ष बालकृष्ण पान्डेले गरेका थिए । उनी भारतस्थित नेपाली राजदुत दिपकुमार उपाध्यायको संयोजकत्वमा बनेको उद्धार राहत समितिका सदस्य समेत हुन् ।

समितिले भुकम्पबाट सबैभन्दा धेरै भौतिक र मानविय क्षती भएको सिन्धुपाल्चोक र नुवाकोटका लागी ती २ टक राहतसँगै २ जना नेपालीलाई टकको जिम्मा दिएर पठाएका थिए ।

भैरहवामा आएपछि यी तीनवटै टकसँगै नेपाल प्रवेश गरे । दुतावासले पठाएको टकमा त्रिपाल मात्रै थियो भने मञ्चले संकलन गरेको २ वटा टकमा खाद्यान्न सामाग्रि, कपडा र म्याटेस थियो । राहतको सामाग्रिको भन्सार नलिने सरकारको निर्णय अनुसार भैरहवामा रहेको भन्सार कार्यालयमा दिल्लीबाट आएको तीनवटै टकलाई भारतस्थित नेपाली दुतावासले पठाएको सूचीमा राख्दै राहत सामाग्रिको एउटै घोषणा पत्र बनाइदियो ।

स्रोतका अनुसार मञ्चले नुवाकोटका लागी पठाएको टक उतै लाग्यो भने भारतस्थित नेपाली दुतावास र सिन्धुपाल्चोकबाट आएको २ वटा टक तामागंले जिम्मा लिएर काठमाडौं ल्याए । चेकप्वाइन्टहरुमा सरकारी रकममा किनिएको सामाग्रिबारे कसैले सोधखोज गरेनन् । गृह मन्त्रालयमा पूयाउनेपर्ने टकलाई तामागंले जोरपाटी पूर्याए र आफन्तको घरमा राखे ।

दिल्लीबाट हिठेको त्रिपाल गृहमा नपुगेपछि खोजी शुरु भयो । भन्सारको रेकर्डमा टक नेपाल भित्रिएको देखिए पनि सो टक फेला परेको थिएन । भारत फर्कनेक्रममा ५ दिन अगाडि मञ्चको सामान लिएर आएको भारतीय टक भैरहवामा पुगेपछि भन्सारका कर्मचारीले टक चालक दलविर परियारलाई नियन्त्रणमा लिएर सोधखोज गर्दा सामान सिंहदरवारभित्र रहेको गृहको साटो जोरपाटीमा ब्यक्तिको घरमा खसेको खुल्यो ।

भन्सारले सामान बुझिलिने ब्यक्तिको हस्ताक्षर सहितको पत्र नभएसम्म भारत जान नदिने भन्दै परियारले चलाएको टक नियन्त्रणमा लिए पनि त्रिपाल बोकेर आएको टक भने दिल्ली पुगिसकेको थियो ।

परियार आफुले त्रिपाल नभई खाद्यान्न ल्याएको र तोकिएको ब्यक्तिले जहाँ झार भनेको हो त्यही झारेको भन्दै मंगलबार महानगरीय प्रहरी बृत्त बौद्धमा सामान पाएको भरपाई खोजीरहेका थिए ।

मैले त्रिपाल ल्याएको हैन, त्रिपाल ल्याउने टक भारत पुगिसक्यो, बृत्तमा भेटिएका परियारले भने नेपाल आएको बेलामा ससुराली भेटेर जाउँ न भन्दा म फसे ।

अनुसन्धानस्रोतका अनुसार तामागंले भारतीय टक सिन्धुपाल्चोक जान नसक्ने र अर्को टकमा राखेर पठाउने भन्दै सामान झार्न लगाएका थिए । सामान तत्काल सिन्धुपाल्चोक पठाउने भनेर उनले अर्को नेपाली टक समेत मगाएका थिए । तर, ती सबै उनको नाटक थियो । उनले सामान टकमा राखेनन् नीजि गोदाममा लगेर थन्काए । प्रहरी निजी गोदाममा पुग्दा उनले करिव १ हजार त्रिपाल निकालिसकेका थिए ।

अनुसन्धानस्रोत तामागं एक्लैले यत्रो आँट नगरेकोमा विश्वस्त देखियो । तर, सो घटनामा संलग्न अन्य ब्यक्ति पहिल्याउन सकेको छैन । विपदतका लागी किनेको लाखौंको सामाग्रि भारतीय चालकको भरमा माब नेपाल पठाउने निर्णय गर्ने दुतावासका अधिकारी अनी मञ्चका अध्यक्ष पाण्डे दुबैतर्फ प्रहरीको शंका भए पनि अनुसन्धानको दायरामा फराकिलो बनाउन सकेको छैन ।

तामाग. एक्लैले पक्कै यो काम गरेका हैनन् प्रहरी प्रधान कार्यालयको स्रोतले भन्यो, भारत र नेपालमा रहेकाहरु यो घटनामा जोडिएका छन् अहिले उनीहरुको नाम र खुलाउन केन्द्रीत छौं ।

पाण्डेले २ जना भोलियन्टरलाई राहत सामाग्रि सहित समितिका पदाधिकारीले दिल्लीबाट पठाएको स्विकार गरे । नेपाल पठाएको सामाग्रि हराएको सूचना आए लगत्तै खोजीमा आफुहरुले प्रहरीलाई सघाएको दावी गर्दै उनले घटनामा सलग्नलाई नछोड्न प्रहरीलाई आग्रह गर्दै आफु समेत त्यसमा संलग्नहरुको खोजीमा लागेको दावी गरे ।

No comments :

Post a Comment