20 May 2015

टेन्टभित्र बसेकी बालिकाबलात्कृत

 ६ बुधवार काठमाडौं : भूकम्पले घर भत्किएपछि टेन्टभित्र बसेकी एक बालिका सोमबार बिहान बलात्कृत भएकी छन् ।

काठमाडौंको नयाँ बजारस्थित चौमतीमा टेन्टभित्र सुतिरहेकी ५ वर्षीया बालिकालाई सोही स्थानका करिब २२ वर्षीय राकेश महर्जनले बलात्कार गरेका हुन् ।

बालिकाका बाबुआमा छोरीलाई टेन्टभित्र सुताएर खाना पकाउन गएको मौकामा महर्जनले ती बालिकालाई बलात्कार गरेको महानगरीय प्रहरी परिसर हनुमान ढोकाका प्रमुख एसएसपी उत्तम कार्कीले अन्नपूर्ण पोस्ट्लाई बताए ।


‘घटनाको जानकारी पाएलगत्तै बलात्कारमा संलग्न महर्जनलाई पक्राउ गरिएको छ’, एसएसपी कार्कीले भने, ‘बालिकाको स्वास्थ्य परीक्षण तथा उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।’

महिला प्रहरीले गरेको अनुसन्धान र परीक्षणका क्रममा बालिकाको संवेदशनशील अंग चोटग्रस्त भएको पाइएको छ ।

पक्राउ परेका महर्जनलाई महानगरीय प्रहरी प्रभाग सोह्रखुट्टेको हिरासतमा राखेर अनुसन्धान थालिएको एसएसपी कार्कीले जानकारी दिए ।

No comments :

Post a Comment