21 May 2015

जमीनमूनीबाट निस्किएको पानीले झापाका गाउहरु डुबानमा

भूकम्पपछी जमिन मुनीबाट पानी निस्कन थालेपछी झापाबासी यसबेला त्रसीद बनेका छन ।
विर्तामोड ७ स्थित भद्रपुर रोडको लिटल फ्रवावर्स बोर्डिङ पश्चिमको खाली ५ कठ्ठा जमिन यतिखेर पानीले भरिएको छ भने एक दर्जन बढी स्थानमा पानीको मुहान फुटी पानी निस्कीरहेको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायव उपरीक्षक सजय रावतले जानकारी दिएका छन् ।
पानी को मुहान फुटेको आशंकामा गाउँलेहरु आतंकित भएका हुन । विहान ८ बजे बाट एक्कासी बजारको खाली जमिनमा पानी भरिन थालेपछि स्थानियहरुले सञ्चारमध्यामलाई खबर गरेका थिए ।


प्रहरीका अनुसार एक दर्जन बढी स्थानमा पानीको मुहान फुटी पानी निस्कीरहेकाले अबको केही बेरमा झापाका गहिरो सतहमा रहेका पुरै गाउँमा डुबान हुनेछ ।
आफुहरु आतकित भैइरहेको र अब जे पनी हुन सक्ने भन्दै होशियार रहनुपर्ने स्थानियहरुले बताएका छन् । जिल्ला प्रशासन कार्यालयको टोली विर्तामोड नगरपालिकाको टोली घटनास्थलमा जादैछ भने जिल्ल्ला प्रहरी कार्यालयको टोली समेत घटनास्थलमा तैनाथ रहेको छ ।
जमिन मुनीबाट निरन्तर पानी आइरहेकाले दुई गाउँमा डुबान भइसकेको छ । डुबान हुने गरी पानी निस्किन थालेपछि स्थानीय घर छाडेर उचो स्थानमा गएका छन् ।
स्रोत - दैनिक नेपाल 

No comments :

Post a Comment