27 May 2015

मलेसियामा ३२ नेपाली पक्राउ

२७ मे २०१५, एडेलेड- मलेसियाली अध्यागमनले एक कम्पनीमा छापा मार्दा ३२ जना नेपाली कामदार पक्राउ परेका छन् । केडाहस्थित अध्यागमन अधिकारीहरुले गत सोमबार त्यहाँको ग्लोब उत्पादन हुने कम्पनीमा छापा मारेर गैरकानुनी हैसियतमा रहेका भनिएका ३२ जना नेपालीसहित ५४ जना आप्रवासी कामदारलाई पक्राउ गरेको समाचारसंस्था बर्नामाले उल्लेख गरेको छ । कुलिम हाइटेक पार्कमा अवस्थित उक्त कम्पनीबाट पक्राउ पर्नेमा १५ बंगलादेशी, २ इण्डोनेसियाली, चीन र म्यानमारका एक/एक गरि कूल ५४ जना गैरकानुनी हैसियतका आप्रवासी पक्राउ परेका हुन् । पक्राउ पर्नेमध्ये एक फ्रेन्च नागरिक पनि रहेको उल्लेख गरिएको छ । बैध कागजात नभएकाले उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ ।

No comments :

Post a Comment