
बैशाख २९ गतेको भूकम्पपछि उद्दारका लागि दोलखा उडेको नेपाली सेनाको हेलिकप्टर जेठ १ गते सिन्धुपाल्चोक र दोलखा जिल्लाको सिमानामा पर्ने कालिन्चोक डाँडाको उत्तरपूर्वी भेगमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।
दुर्घटनाग्रस्त हेलिकप्टरमा दोलखा जिल्लाको लादुक र लामिडाँडा पाँच जना मानिस समेत परेको हुनसक्ने आशंका स्थानीयले गरेका छन् । उनीहरुलाई उपचारका लागि सिंगटी बजारबाट हेलिकप्टरले राखी ल्याइएपनि दोलखा र काठमाडौंका विभिन्न अस्पतालहरुमा खोजतलास गर्दा पनि अहिलेसम्म फेला नपरेको बताइएको छ । हराइरहेका भनिएका ५ जना व्यक्तिहरुको नेपाली सेना, स्थानिय प्रशासन र अन्य सुरक्षा निकायहरुबाट दोलखा, धुलिखेल, बनेपा र काठमाडौँका विभिन्न अस्पतालहरुमा बुझ्ने कार्य भइरहेकोमा अहिलेसम्म कुनै विवरणहरु प्राप्त नभएको सेनाले जनाएको छ । हराएका पाँच दोलखाली पनि अमेरिकी हेलिकप्टरमै परेको दाबी गरिरहँदा सोही दाबीलाई बल पुग्ने गरी आइतबार दुर्घटनास्थलमा मानव कंकाल भेटिएको हो ।
यद्यपि दुर्घटनाग्रस्त हेलिकप्टरमा नेपाल र अमेरिकाका सैनिकहरुबाहेक अन्य व्यक्तिहरु समेत भए, नभएकोे सम्बन्धमा अनुसन्धान भइरहेको सेनाको भनाइ छ ।
No comments :
Post a Comment