28 May 2015

देशद्रोही सि के राउत पक्राउ प्रकरण- प्रहरीले सर्वसाधारण झुक्यायो

ck raut giraftaariइटहरीबाट प्रशारण हुने एरीना टेलिभिजनमा अन्तरवार्ता दिन आउने क्रममा मंगलबार दिउसो पक्राउ परेका देशद्रोही सिके राउतलाई बुधबार बिहान ४ बजे प्रहरी शुरक्षाघेराबाटै राजबिराज स्थित परिवारको जिम्मा लगाइएको सगरमाथा अञ्चल प्रहरी कार्यालयका प्रमुख एसएसपी रमेश भट्टराइले बताएका छन ।
टेलिभिजनको कार्यालय परिषरबाटै पक्राउ परेका राउतलाई राज्य बिप्लबको मुद्धा लगाउने ठोकुवा गर्दे आएका इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपी बिनोद कुमार शर्माकै आदेशमा डा राउतलाई राजबिराज स्थित उनको घरमा पूर्याउने काम भएको हो ।
परिवारका सम्पर्कमा आइसकेका राउतलाई इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी शर्माले सप्तरी स्थित प्रहरी कार्यालयमा मुद्धा रहेको कारण उतै जिम्मा लगाउन लगेको भन्दै इटहरीबासीलाई झुक्याउदै आइरहेपनि सगरमाथा अञ्चल प्रहरीका प्रमुख एसएसपी रमेस भट्टराइले भने राउत बिहान करीब ९ बजे परिवारको सम्पर्कमा आइसकेको बताएका छन ।

राज्यले देशद्रोहीको संज्ञा दिएको राउतलाई सुरक्षाका साथ बाहिर लगेको खबर पाएपछि इटहरीबासी तथा सञ्चारकर्मीहरुको चपेटामा पर्ने डरले इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी बिनोद कुमार शर्मा र प्रहरी निरिक्षक खगेन्द्र खडका दुबैले आ आफनो मोवाइल स्वीच अफ गरी बसेका छन ।
यता प्रहरी चंगुलमा रहेको भनिएका नेपालका लागि भाइरस मानीएका राउतलाई प्रहरीले शुरक्षाको साथ घरसम्म पूर्याएको समाचार बाहिरिएपछि इटहरी उपमहानगरवासी डिएसपी शर्मा बिरुद्ध आक्रोशित बनेका छन । स्थानीयहरुले प्रहरीले गरेको उक्त ब्यवहारको कडा बिरोध गर्दे आन्दोलनको चेतावनी समेत दिएका छन ।
उता परिवारको सम्पर्कमा पूगीसकेका राउतले घर पुगेलगत्तै आफनो फेशबुक स्टाटसमा मधेसमा भइरहेको बसाई सराई बन्द गरीनुपर्ने , आफुबिरद्ध लगाइएको झुठा मुद्धाहरु खारेज हुनुपर्ने , लगायत आफु बिरुद्ध आन्दोलित गर्ने र पूत्ला दहन गर्नेहरुलाई पहाडीया बेवकुफ समेत भनेका छन ।

No comments :

Post a Comment