18 May 2015

नेपाली गुगल ब्वाई आदित्यको भबिष्यबाणी- "सबै मिलेर गरे अनिष्ट टर्छ"

nepali-google-boy४ जेठ, काठमाडौ । आइतबार बिहान बालुवाटारमा बेग्लै सरगर्मी थियो मुलुकमा परेको महाविपत्तिमा पीडितहरुलाई सहयोग गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्नेहरुको भीडमा एक बालकलाई उनकी आमाले काखमा लिएर बसेकी थिइन् ।
मानिसहरु खासखुस गर्दै थिए, ‘आज अद्भूत बालक आदित्य दाहालले पनि भूकम्पपीडितका लागि कोषमा कोषमा सहयोग गर्ने रे ।’
उद्धार कोषमा सहयोग गर्ने संस्था र ब्यक्तिहरुलाई भेट्न र सहयोग रकम ग्रहण गर्न प्रधामन्त्री निवासको निलो बैठक कक्षमा प्रवेश गरे । सहयोग रकम हस्तान्तरण गर्ने पर्खिएका शेर्पा संघका प्रतिनिधिहरु र शहरी विकास मन्त्रालयका प्रतिनिधिहरुले सहयोग रकमको चेक हस्तान्तरण गरे ।

काखमा आदित्य बराललाई बाकेर आमा अगाडि सरेपछि प्रधानमन्त्रीलाई अद्भूत बालकका पिता शेषराज दाहालले उनको प्रतिभाको बारेमा बताए । प्रधानमन्त्रीले भने, ‘मैले थाहा पाएको थिएँ । सरकारले उपचारमा सहयोग पनि दिएको छ तर फुर्सद मिलाउन नसकेर म आउने इच्छा गर्दागर्दै पनि आउन सकिनँ ।’
त्यसपछि उनका पिताले आदित्यले विगत केही समययता प्रकट गरेका विचार सुनाए र प्रधानमन्त्रीसँग जिज्ञासा राखे-‘तपाईर्लाई केही जान्ने इच्छा भए उहाँले केही क्षणमा बताइदिनु हुनेछ ।’
बोल्न नसक्ने साढे चार वर्षका बालक आदित्यका बारेमा त्यस अगाडि नै खासखुस चलेको थियो-‘बोल्नु हुन्न छर यो उमेरमा आफ्नो बारेमा जानकारी खोज्ने ब्यक्तिलाई उनीहरुकै भाषा लेखेर बताइदिनु हुन्छ ।’
त्यसपछि प्रधानमन्त्रीले आफ्नो नेतृत्वमा मुलुकमा शान्ति, स्थायित्व, लोकतन्त्र र विकास होस् भन्ने इच्छा रहेको बताए । बालकले लेखेर दिए, ‘नआत्तिनु यो अनिष्ट केही समयमा टर्नेछ अनि देशले काँचुली फेर्नेछ । हजुरको इच्छा पूरा हुनेछ, पीएम ज्यू ।’, समाचारपत्रमा खबर छ ।

No comments :

Post a Comment