27 February 2015

यो हो IS लडाकु ‘जिहादी जान’को सक्कली रुप

jihadi jan 327 February 2015, Adelaide- निकै आक्रामक रुपमा पश्चिमाहरुलाई ‘निशाना’ बनाईरहेको आइएसका लडाकु ‘जिहादी जान’ भनेर चिनिने मोहमद अम्बाजीको परिचय खुलेको छ | उनले पछिल्लो २०१४ र २०१५ मा गरिएका अमेरिकी, ब्रिटिश र जापानी पत्रकारहरु,ट्याक्सी ड्राइभरको हत्या गर्ने बेला भिडियोमा देखिदै आएका थिए |
पश्चिमा जस्तै हाउभाउ र बोलीमा देखिने-सुनिने उनि ब्रिटिश नागरिक भएको खुलेको हो | उनि कुवेतमा जन्मेका, लन्डनमा
पढे-हुर्केका ब्रिटिश हुन | निकै भ्रद्र तरिकाले प्रस्तुत हुने उनलाई कलेजका शिक्षक, साथिहरु,छिमेकी लगाएतले निकै राम्रो व्यक्ति भएको तर यस्तो खबर सुनेर ‘सक’ भएको बताएका छन | कम्प्युटिंग प्रोग्रामिंगमा मास्टर सकाएको केहि समय पछी हराएका अम्बाजीका परिबारले छोरा हराएको सूचना प्रहरी लाइ दिएका थिए |
इन्टेलिजेन्स ब्युरोले उनका बाल्यकालका तस्बिर समेत सार्बजनिक गरेको छ | जसमा उनी जिहादी जानको सम्पूर्ण बिबरण मिल्ने दाबी गरेका छन | टेक्निकल्ली बलियो संगठनका साथ इस्लामिक राज्यको माग गर्दै आएको आइएसमा यस्ता कयौं पश्चिमा नागरिक आबद्द भएको आशंका गरिएको छ |
मोहम्मदको छोटो जिबनी यस्तो छ :
सन १९८८ : कुवेतमा जन्म लिई सन १९९४ मा लन्डन बसाईंसराइ |
सन २००९ : वेस्टमिनिष्टर बिश्वबिद्यालय बाट कम्युटिंग प्रोग्रामिंगमा डिग्री हासिल |
अगष्ट २००९ तान्जानिया भ्रमण
सेप्टेम्बर २००९ परिवार संग कुवेत भ्रमण
जुलाई २०१० ब्रिटेन एक्लै फिर्ता
सन २०१३ ‘डेड पोल’ नाममा परिबर्तित, अनि बेपत्ता | परिवार द्वारा छोरा हराएको प्रहरी लाइ जानकारी, प्रहरी द्वारा छ महिना पछी छोरा सिरिया
छिरिसकेको जानकारी |
composite Jihadist Muzzedjihadi jan1
बिभिन्न एजेन्सीको सहयोगमा : krishna Adhikari
- See more at: http://www.nepaljapan.com/2015/02/27/159278/#sthash.8pyjMDML.dpuf

No comments :

Post a Comment