04 February 2015

आइएस लडाकुलाई फाँसी

Islamic state-isisएजेन्सी । आफ्नो कब्जामा रहेका बन्दीहरुको घाँटी काटेर हत्या गर्ने आईएसका दुई लडाकुलाई जोर्डन सरकारले फाँसीको सजाय दिएको छ ।
जोर्डनी विमान चालकको जिउँदै जलाएर हत्या भएको केही समयपछि नै जोर्डनको कब्जामा रहेका दुई लडाकुलाई पनि फाँसी दिइएको हो ।
जोर्डन सरकारले उक्त घटनालाई पाईलट मोएज अल कसासबेहलाई जिउँदै जलाएको बदला भएको जनाएको छ ।
जोर्डनमा बन्दी रहेका आइएस लडाकु महिला सजिदा अल रिसावी र जिआद अल कार्बौलीलाई फाँसी दिइएको हो ।
जोर्डनका जनताले आइएस लडाकुलाई फाँसी दिएकोप्रति खुसियाली मनाएका छन् । फाँसी लगत्तै सडकमै उत्रिएर जनताले खुसियाली मनाएको बेलायती अनलाईन डेली मेलले जनाएको छ ।

No comments :

Post a Comment