02 February 2015

हेग र अख्तियारबाट बच्न प्रचण्डले ताके शीतलनिवास

एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई हेग र अख्तियारको बन्धनबाट मुक्त गर्न कांग्रेस र एमाले तयार नभएसम्म नयाँ संविधानमा सहमति जुट्न नसक्ने निश्चित भएको छ । केही विदेशी एजेन्सीहरु विशेषतः युरोपेली युनियन आवद्ध मुलुकका कूटनीतिज्ञहरुले प्रचण्डलाई युद्ध अवराधको मुद्दामा कुनै पनि बेला हेग पुग्ने भयले सबैभन्दा
त्रसित बनाएको रिपोर्ट ठाउँ–ठाउँमा दिएका छन ।
त्यस्तै अख्तियारले ४२ अर्ब भ्रष्टाचार केसमा कुनै पनि बेला थुन्ने त्रास पनि उनको टाउकोमाथि मडारिएको छ ।  प्रचण्डले कांग्रेस र एमालेका शीर्ष नेताहरुसँगको बैठकमा पटक पटक आफूमाथि ठूलो षडयन्त्र हुनसक्ने आशंका जनाउँदै आएका छन ।
उनको घुक्र्याउने शैलीमा कांग्रेस र एमाले नेताहरुलाई ‘तपाईहरुले मलाई युद्ध अपराधमा हेग पठाउने वा अख्तियार लगाएर जेलहाल्ने षडयन्त्र गरिरहनुभएको छ, मलाई सबै थाहा छ ।’ कांग्रेस र एमालेका नेताहरुले प्रचण्डलाई जतिसुकै आश्वासन दिएपनि उनले विश्वास गर्न नसकेकै कारण संविधानमा सहमति जुट्न नसकेको लगभग ओपन सेक्रेट तथ्य हो ।
स्रोतका अनुसार प्रचण्डले यो विषयमा भारत लगायत युरोपेली युनियन र संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरुसमक्ष समेत राखिसकेका छन । कांग्रेस र एमालेको विश्वास नभएकाले संविधान बनेपछि आफ्नो उपादेयता सकिने र उनीहरुले युद्ध अपराध वा भ्रष्टाचारको केस लगाउन सक्ने प्रचण्डभित्रको ठूलो त्रासका कारण उनले संविधान जारी गर्न नचाहेको समाचार साँघु साप्ताहिकले छापेको छ ।

No comments :

Post a Comment