01 February 2015

एप्पलको तीन महिनाको नाफा १८ अर्ब डलर

न्युयोर्क (एजेन्सी), माघ १५ - सूचना प्रविधिको अग्रणी अमेरिकी कम्पनी एप्पलले ऐतिहासिक नाफा आर्जन गरेको छ ।
Apple_Profitआर्थिक वर्षको पहिलो त्रैमासिकमा एप्पले १८ अर्ब डलर (करिब १८ खर्ब रुपैयाँ) खुद नाफा गरेर ऐतिहासिक रेकर्ड कायम गरेको हो । यो नाफा दुइ वर्षअघि एक्सोन मोबाइल कम्पनीले दोस्रो त्रैमासिकमा कमाएको खुद नाफाभन्दा २ अर्ब १० करोड डलरले बढी हो । स्ट्यान्डर्ड एन्ड पुअर्स प्रतिवेदनका अनुसार एक्सोन मोबाइलले सन् २०१२ को दोस्रो त्रैमासिकमा १५ अर्ब ९० करोड डलर खुद मुनाफा गरेको थियो ।
एप्पलले तीन महिनामा गरेको खुद नाफा झन्डै नेपालको वाषिर्क गार्हस्थ उत्पादन -जीडीपी) जति नै हो । मुलुकको वाषिर्क जीडीपी १९ खर्बको हाराहारीमा छ ।
एप्पलको नाफा बढ्नुमा आई फोनको बिक्रीले ठूलो
भूमिका खेलेको छ । कम्पनीको तथ्यांकअनुसार उक्त त्रैमासिकमा ७ करोड ४५ लाख आई फोनको बिक्री भएको थियो । बीबीसीसँगको टेलिफोन कन्प|mेन्समा एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकले भने, 'आई फोनको बिक्री अपत्यारिलो रूपमा बढेको छ ।'
आई फोनको तुलनामा आई प्याडको बिक्री भने निराशाजनक रूपमा घट्दै गएको छ । सन् २०१४ को पहिलो तीन महिनाको तुलनामा आई प्याडको बिक्री २२ प्रतिशतले घटेको एजेन्सीहरूले उल्लेख गरेका छन् ।
एप्पलको आई फोन सिक्सले विश्व बजार पिटिरहेको छ । यसका अन्य मोडल पनि विश्वभर उत्तिकै चर्चित छन् । यिनमा २ प्रतिशतदेखि ३९ प्रतिशत नाफा एप्पलले कमाउँदै आएको छ । विश्वको धेरै जनसंख्या भएको चीनमा समेत एप्पलले
आफ्नो पकड जमाउँदै लगेको छ । एसिया प्रशान्त क्ष्ाेत्रमा प्रायः सामसङको पकड छ । 'ओ माई गड,' कल्ट अफ म्याक नामक वेबसाइटका एडिटरले भनेका छन्, 'चीनमा समेत एप्पल नम्बर १ स्मार्टफोन कम्पनी बनेको छ ।'
चीनमा देखिएको एप्पल मोहले यसको नाफा वृद्धिमा ठूलो भूमिका खेलेको विश्लेषकहरूको भनाइ छ । कम्पनीका अनुसार सन् २०१४ मा चीनमा १६ अर्ब डलरको कारोबार भएको थियो । यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा ७० प्रतिशतले बढी थियो । उक्त वर्ष पूरै युरोपमा भने १७ अर्ब डलरको मात्र बिक्री भएको थियो । एप्पले त्यसबेला करिब ७५ अर्ब डलरको कारोबार भएको थियो । जुन सन् २०१३ को तुलनामा ३० प्रतिशतले बढी हो ।

No comments :

Post a Comment