18 November 2014

संविधान आउनेमा शंका नगर्नुस- केपी आेली

k p oli२ मंसिर २०७१, इलाम  - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रक्रियामा गएर भएपनि निर्धारित मितिमा संविधान जारी हुने दावी गरेका छन् । उनले लोकतान्त्रिक शक्तिको दुई तिहाई बहुमत रहेकोले माघ-८ मा संविधान जारी हुनेमा शंका नरहेको बताए ।
पार्टीको नवौं जिल्ला अधिवेशन उद्घाटन गर्ने त्रममा यहाँ आएका ओलीले विभिन्न बहानामा संविधान बनाउन नदिने खेल भइरहेपनि संविधान जारी हुने विश्वास दिलाए । 'सबै दलको सहमति जुटे वा नजुटे पनि संविधान आउँछ,' उनले भने-'दुवै स्थितिमा प्रक्रियामा प्रवेश गर्नैपर्छ । विधि, प्रकृया र मान्यतालाई सबैले स्विकार गर्नुपर्छ ।' उनले संख्यामा धेरै र जातीय आधारको प्रदेश निर्धारण हुन नसक्ने बताए ।
मूलुकलाई विकासको गतिमा लैजान समयमा संविधान निर्माण गरेर राजनीतिक गतिरोध हटाउनु पर्ने उनको भनाई थियो । एमाओवादी अध्यक्ष पुष्पकमल दाहललाई लक्षित गर्दै उनले २२ दलीय मोर्चाको नाममा देश दौडाहा गरेर मूलुकलाई थप अस्थिरतातर्फ धकेलेको आरोप लगाए ।  

No comments :

Post a Comment