18 November 2014

हिन्दुराष्ट्रका पक्षमा महेन्द्रनगरमा बृहत र्‍याली

२ मंसिर २०७१, कञ्चनपुर- नेपाललाई हिन्दू राष्ट्र बनाउन दवाव दिने उद्धेश्यले आज महेन्द्रनगरमा बृहत र्‍याली आयोजना गरिएको छ । राधाकृष्ण मुक्तिनारायण तथा लक्ष्मीनारायण मन्दिर धनगढीको आयोजनामा निकालिएको र्‍यालीमा हजारौंको सहभागिता रहेको थियो ।
९० प्रतिशत हिन्दू धर्मावलम्बी रहेको देशलाई धर्म निरपेक्ष बनाई अन्याय गरिएकोभन्दै र्‍यालीका सहभागीहरुले देशलाई पुनः हिन्दू राष्ट्र कामय गर्नुपर्ने माग गरे । सहभागीहरुले “नेपाल राज्यलाई हिन्दू राष्ट्र घोषणा गर, गौहत्या बन्द गर जस्ता नारा लगाएका थिए । उनीहरुले जिल्ला प्रशासन कार्यालय मार्पmत ज्ञापनपत्र समेत पठाएका छन् ।

No comments :

Post a Comment