29 November 2014

भेरीमा हराएका ४ जनाको शव भेटियो

१३ मंसिर २०७१, जाजरकोट - भेरी नदीमा भएको बस दुर्घटनामा हराइरहेका मध्ये ४ यात्रुको शव भेटिएको छ ।  
लहँ २ का कर्णबहादुर खड्का र छोरा विपिन, ढीमे १ का कालिका मल्ल र चालक लक्षमण चौधरीको शव भेटीएको हो । खड्काको घटना स्थलदेखि १० किलोमीटर टाढा, छोरा विपिनको सल्यानको बामेमा, मल्लको राकम-९ सुर्खेतमा र चालक चौधरीको घटना स्थलदेखि ७ किलोमीटर टाढा शब फेला परेको प्रहरी निरीक्षक परशुराम मल्लले बताए । यो समेत दुर्घटनामा मृत्यु हुनेको संख्या ५२ पुगेको उनले बताए । बस दुर्घटनामा परेका रामीडाँडा ६ का दीप बहादुर बुढा र उनकी छोरी संगीता अझैं वेपत्ता छन् ।

No comments :

Post a Comment