29 November 2014

सहमतिमै संविधानः प्रधानमन्त्री, बालुवाटारमा दाहाल-कोइराला भेट

pm१३ मंसिर २०७१, काठमाडौं  - प्रधानमन्त्री सुशील कोइरालाले सहमतिमै माघ ८ मा संविधान जारी हुने दोहोर्‍याएका छन् ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग शनिबार बालुवाटारमा भेटेपछि प्रधानमन्त्रीले सहमतिमा संविधान जारी गर्ने प्रयत्न भइरहेको बताए । 'हामी छलफलमै छौं,' उनले भेटपछि ईकान्तिपुरसित भने, 'आशा छ सबै दल ढिलोछिटो एउटा सहमतिमा पुग्नेछन् ।'
प्रधानमन्त्री कोइरालाले दाहालसँग संवैधानिक- राजनीतिक संवाद तथा सहमति समितिमा दर्ता भएका प्रस्ताव अघि बढाउने विषयमा पनि छलफल भएको बताए ।

No comments :

Post a Comment