29 November 2014

नयाँ दिल्लीमा दिनदहाडै साढे २ करोड लुटियो, एटिएममा भर्न लागिएको थियो रकम

North_Delhi_robbery_650१३ मंसिर २०७१, नयाँ दिल्ली  – भारतको राजधानी नयाँ दिल्लीमा दिनदहाडै एटिएममा पैसा भर्न लगिएको भ्यानबाट २.४ करोड लुटिएको छ । शहरको उत्तरी भागमा रहेको दिल्ली विश्वविद्यालय नजिकै रहेको कमला नगर बजारबाट शनिबार बिहान उक्त रकम लुटिएको भारतीय मिडियाहरुले बताएका छन् ।
बिहान करिब ११ बजे उक्त घटना कमला नगर नजिकै रहेको बंग्लो रोडमा एक निजी बैंकको एटिम बुथ अगाडि भएको थियो ।
प्रहरीका अनुसार उक्त भ्यान बैंकहरुको एटिएममा पैसा भर्ने जिम्मा पाएको एक निजी
कम्पनीको थियो । उनीहरु कमला नगर र रुप नगर क्षेत्रका एटिएममा पैसा भर्नका लागि गइरहेका थिए ।
‘उनीहरु एक एटिएम बुथमा पैसा भरिरहेका थिए भने सेक्युरिटी गार्डले सुरक्षा दिइरहेको थियो । त्यतिकैमा बाइकमा सवार दुई लुटेरा आए र गार्डको टाउकोमा दुईवटा गोली प्रहार गरे । त्यसपछि उनीहरुले भ्यानमा रहेको २.४ करोड रुपैयाँ रहेको ब्याग लिएर फरार भए,’ प्रहरीले बतायो ।
एक प्रत्यक्षदर्शीले तत्कालै प्रहरीलाई खबर गरेका थिए । तत्कालै घटना स्थलमा आएको प्रहरीले घाइते गार्डलाई अस्पताल लगेका थिए । उनलाई त्यहाँ मृत घोषित गरिएको थियो ।
यतिबेला प्रहरीले सिसीटिभी फुटेज अध्ययन गरिरहेको छ । घटनाको छानबिनका लागि डिसिपी मधुर वर्माको नेतृत्वमा एक टोली पनि गठन गरिएको छ ।

No comments :

Post a Comment