30 April 2016

एकछिन कुर्दा पनि इमोसन नआएपछि उसलाई पनि किलोले हानेर मारिदिएँ

Image result for killed women after sexदिन दाउरा चिर्न गएको थिएँ । दिनभरि चिरेँ । तीन बजेतिर घरमा आएर गोठालो गएँ । फर्किएर खाना खाएपछि सिरक–डस्ना लिएर म बारीमा सुत्न गएँ । म मदिरामा लठ्ठ थिएँ ।   एकछिन पछि हाम्रो घरभन्दा अलि तल सीता भाउजूको घरमा गएँ । घरमा गएलगत्तै उनीहरूले मलाई गाली गर्न थाले । तेरी आमा पोइला गएकी, तेरो भाग्य नै यस्तो भन्दै गाली गरेपछि एकदमै रिस उठ्यो । माथि घरनेर आएर किलो
उखलेर लिएर गएँ । ढोका लगाइसकेका रहेछन् । ढोका फुटाएँ । सुरुमा सीता भाउजूलाई नै किलोले टाउकोमा हानिदिएँ । त्यसपछि उनकी बहिनीलाई किलाले हानेर लडाइदिएँ । उनको कपडा खोलेर यौन सम्पर्क गर्न खोजेँ, तर लिंग उत्तेजित भएन । एकछिन कुर्दा पनि इमोसन नआएपछि उसलाई पनि त्यही किलोले हानेर मारिदिएँ ।   उनीहरूको ठूलो बच्चाले मलाई चिन्थ्यो । त्यसैले उसलाई पनि मार्नुपर्छ भन्ने लाग्यो । उसलाई भनेर हानेको सानो बच्चाचाहिँ परेछ । त्यसपछि ठूलो चाहिँ बच्चाले मेरो नाम लिएर बोलायो । उसलाई पनि किलोले हानेर निस्किएँ । त्यसपछि के के भयो के भयो मलाई थाहा छैन । सबै कुरा सपनाजस्तो लागिरहेछ ।(प्रहरीको सोधपुछमा आधारित)

यसरी भयो अनुसन्धान
डिएसपी श्याम खत्री
प्रमुख, जिल्ला प्रहरी कार्यालय, सल्यान
बुधबार बिहान म ‘मर्निङ वाक’बाट फर्किएर फ्रेस हुँदै थिएँ । बिहानको करिब साढे सात बजेको थियो । अस्थायी प्रहरी चौकी लान्तीबजारका हवल्दार साबले एउटा घरमा चारजनाको शव भेटिएको भन्दै रिपोर्टिङ गरे । घटना विवरण सुन्दा हत्या गरिएजस्तो बुझिन्थ्यो । नजिकैको इलाका प्रहरी कार्यालय श्रीनगरका इन्स्पेक्टर सुरेश गौतमलाई घटनास्थलतर्फ जान भन्दै म पनि घटनास्थलतर्फ लागेँ । घटनास्थललाई सुरक्षित राख्न र मान्छेहरूलाई जान नदिन निर्देशन दिएँ ।


करिब आधा घन्टामा म घटनास्थलमा पुगँे । सदरमुकामबाट करिब १६ किलोमिटर पिचबाटो यात्रा गरेपछि १५/२० मिनेट माथि उकालोमा घटनास्थल पर्छ । म पुग्दा तीन–चार हजार मान्छे जम्मा भइसकेका थिए । प्रहरीले घटनास्थललाई डोरीले घेरेको थियो । म चारजना मरेको घरभित्र गइनँ । नजिकै एकजना वृद्धा पनि घाइते रहेको भन्ने सूचना थियो ।

घटनास्थलभन्दा करिब दुई सय मिटर माथि उनी एउटा छाप्रोमा बस्थिन् । ती महिलाको मानसिक अवस्था ठीक रहेनछ । त्यसकारण उनले नै हत्या गरेको हो भन्ने लाग्यो । उनको टाउकोमा ठूलै चोट लागेको थियो । उनलाई सोध्दा केही कुरा राम्रोसँग बताइनन् । आफूलाई एक युवकले बलात्कार गर्न खोजेको र लौराले हानेर गएको उनको भनाइ थियो । तर, मानसिक अवस्था ठीक नभएकाले उनको कुरा विश्वास गर्न सक्ने अवस्था थिएन । फेरि आफूलाई बलात्कार गर्न खोज्ने मान्छे पनि उनले चिन्न नसकेको बताएकी थिइन् ।

घटनास्थलमा ठूलो संख्यामा जम्मा भएका मानिसमा चारजनाको कसरी हत्या भयो भन्ने उत्सुकता थियो । मैलै क्षेत्रीय प्रहरी कुकुर विद्यालयमा अनुसन्धानका लागि कुकुर मगाउन गाडीसमेत पठाइसकेको थिएँ ।
ती वृद्धाको घरअगाडि रगत लागेको एउटा लौरो भेटियो । त्यही लौरोबाट अनुसन्धान सुरु भयो ।


घटनास्थलको एक मिटरसम्म हामीले डोरीले घेरेका थियौँ । मानसिक अवस्था ठीक नभएकी ती महिला बस्ने घरनजिकै अर्काे एउटा घर थियो, तर त्यहाँ कोही पनि बस्दा रहेनछन् ।

त्यहाँ एउटा किलो उखेलिएको थियो । बरामद भएको लठ्ठी त्यही उखेलिएको किला हो कि भनेर हेरेँ, तर मिलेन । बाँकी दुईवटा किलामा पनि रगत लागेको थियो । त्यो रगतको नमुना हामीले संकलन गर्‍यौँ ।
त्यहाँभन्दा करिब २५ मिटर माथि अर्काे घर थियो । जहाँ एउटा केटा, उसका बुबा र सानिमा बस्थे ।


शंकाको दोस्रो घेरामा उनीहरू नै थिए । प्रहरीलाई खबर गर्ने व्यक्तिले चारमध्ये एउटा महिलाको शव नांगो अवस्थामा रहेको बताएपछि कसैले बलात्कार गरेर हत्या गरेको आशंका पनि गरिएको थियो ।

करिब २० वर्षको केटोमाथि हामीलाई शंका लाग्यो । उनको नाम हो सञ्जय भारती । सोधपुछ गर्दा केही थाहा नभएको, रक्सी खाएर अघिल्लो दिन मस्त सुतेको बतायो । दिउँसो दाउरा चिर्न गएर ऊ तीन बजे फर्किएको रहेछ । दुई बजेदेखि पाँच बजेसम्म गोठालो गएर फर्किएपछि रक्सी खाएर बारीमा सुतेको बताउँदै उसले आफू सुतेको ठाउँ पनि देखायो । गहुँबारी माडिएको थियो । ऊ त्यहीँ सुतेको जस्तो देखिन्थ्यो । अरू मान्छे जस्तै उसले सामान्य ढंगले जवाफ दिइरहेको थियो ।

तर, मलाई ऊमाथि अलि बढी शंका लाग्यो । अघिल्लो दिनका सबै कुरा केलाएर अनुसन्धान गर्न थालेँ । हिजो कुन लुगा लगाएका थियौ भन्दा उसले आफूले लगाएकै कपडा देखायो । तर, उसको घरमा भर्खर लुगा धोएर सुकाइएको थियो । त्यही कपडाबाट अनुसन्धान अघि बढायौँ ।

त्यसपछि मैले अघिल्लो दिन दिउँसो ऊसँगै दाउरा चिर्ने उसको साथीसँग ‘कुन कपडा लगाएको थियो’ भनेर सोधेँ । उसले अर्के कपडा लगाएको बतायो । मैले त्यो कपडा कहाँ छ भनेर सोध्दा उसले धोएर सुकाएको चिसो कपडा देखायो । त्यसपछि हत्या गर्ने व्यक्ति उही नै हो भन्ने मलाई लाग्यो । तर, त्यहाँ जम्मा भएका मान्छेले ऊ नै हत्यारा हो भन्ने थाहा पाए त्यहीँ कुटेर मार्ने अवस्था थियो ।

झन्डै चार हजारको जनमास जम्मा भइसकेको थियो । सादा पोसाकका प्रहरीलाई ऊमाथि निगरानी गर्न लगाएर म थप अनुसन्धानका लागि घटनास्थलतर्फ लागेँ । हत्या गरिएकी सीता खाँणको घरभित्र पुग्दा रगत लागेको एउटा किलो भेटियो । जुन किलो माथि उखेलिएको ठाउँको प्वालसँग म्याच गर्‍यो । हत्यामा पक्राउ परेको २० वर्षीय युवककै संलग्नता रहेको मलाई प्रस्ट भयो ।

त्यहीबीचमा हाम्रो ट्रयाकर कुकुर आइपुग्यो । कुकुरलाई घटनास्थलमा लगेपछि ऊ किला उखेलिएको ठाउँमा पुग्यो, त्यसपछि त्यही केटाको घरमा गएर रोकियो । हत्या गर्ने केटा त्यही हो भन्ने प्रस्ट भयो । त्यसपछि शव उठाएर घटनास्थलको मुचुल्का गरी हामी फर्कियौँ ।

पक्राउ परेका युवकलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइयो । तर, उसले घटना स्वीकार गर्न नै मानेन । मिडियामा व्यापक हल्लिखल्ली भइसकेको थियो, एउटै घरमा चारजनाको वीभत्स हत्या भनेर ।
सोधुपछ गर्ने क्रममा राति १ बजे मात्र उसले उनीहरूको हत्या गरेको स्विकार्‍यो । आफूलाई राति यौन चाहना भएको र उनीहरूको घरमा जाँदा विवाद भएपछि आवेगमा आएर हत्या गरेको उसले स्विकार्‍यो । घटनास्थललाई सुरक्षित राखेर समयमै प्रमाण संकलन गर्न सकेकाले पनि छिट्टै अभियुक्त पक्राउ गर्न सफल भयौँ । उनीहरूको हत्यापछि उसले मानसिक अवस्था ठीक नभएकी महिलालाई समेत बलात्कार गर्न खोजेको देखिन्छ । त्यसकारण घटनाको कारण यौन उत्तेजना नै भएको हाम्रो अनुसन्धानमा देखिन्छ ।


No comments :

Post a Comment