24 January 2017

नेपाल टुक्रयाउने भारतको प्लानमा प्रचण्ड-बाबुरामको संलग्नता रहेको खुलासा

२४ जनवरी २०१७, काठमाण्डट- ३ मार्च २०१६ का दिन पाकिस्तानी सीमा सुरक्षा प्रहरीले हुसेन मुवारक पटेल नाम गरेको एक ब्यक्तिलाई गैरकानुनी रुपले इरानको सीमाबाट पाकिस्तान प्रवेश गर्ने क्रममा पक्राउ गर्यो । त्यसको तीन हप्तापछि पाकिस्तानका सांसद परवेज रसिद र पाकिस्तानी सेनाका प्रेस महानिर्देशन लेफ्टिनेन्ट जनरल असिम सलिम बाजवाले संयुक्त पत्रकार सम्मेलन गर्दै गिरफ्ता पटेलका बारेमा सनसनीखेज सूचना दिए । 

पाकिस्तानी सुरक्षाकर्मी समक्ष दिएको साविती बयानमा पटेलले आफ्नो वास्ताविक नाम कुलभुषण यादव भएको, आफू भारतको अन्तर्राष्ट्रिय जासुसी संस्था ‘रअ’को एजेन्ट भएको, आफूले पाकिस्तानको बलुचिस्तान र नेपालको दक्षिणी (तराई) क्षेत्रमा जासुसी मिसनमा काम गरेको स्वीकारेका थिए । उनको बयानका अंशहरु जस्ताको तस्तै विभिन्न सञ्चार माध्यममा भारत, पाकिस्तान र अन्य देशबाट प्रकाशित भए । 


भारतले यादव रअको एजेन्ट नभएको वतायो । तर, ३० मार्च २०१६ कै दिन प्रकाशित इण्डियन एक्सप्रेसले भने यादवको बयानसँग मिल्नेगरी उनी भारतीय नौसेनाका कमाण्डर भएको, सन् २००३ मा पुनेबाट इ ६९३४७६६ नम्बर भएको भारतीय पासपोर्ट हुसेन मुवारक पटेलका नाममा उनलाई दिइएको लगायतका तथ्य पुष्टि गर्यो । त्यही पासपोर्ट लिएर उनलाई इरानको चबाहर सहरमा पठाइएको र त्यहीँबाट उनले भारतीय गुप्तचर संस्था रअको प्रमुख एजेन्ट बनेर बलुचिस्तानमा पाकिस्तान–चीन आर्थिक कोरिडोर बिरुद्ध जनमत पैदा गर्न र बिखण्डनकारी गतिविधि गर्न युवाहरुलाई तालिम दिएको प्रमाणित भयो । 

यादव गिरफ्तार भए लगत्तै बलुचिस्तान प्रान्तका गृहमन्त्री मिर्जा सरफराज बुग्तीले यो सूचना सार्वजनिक गरेका थिए । यादव खुफिया एजेन्ट नै भएको प्रमाणित भएपछि भारत र पाकिस्तानबीच कुटनीतिक द्वन्द्व चर्कियो जसले यादवको ‘नेपाल मिसन’बारे धेरै चर्चा हुन सकेन । तर, उनले गरेको खुलासा गम्भीर प्रकृतिको थियो । पाकिस्तानी विदेश सचिव ऐजाज अहमद चौधरीले इस्लामावादस्थित भारतीय राजदूत गौतम बम्बावालेलाई बोलाएर यस विषयमा स्पष्टिकरण सोधेका थिए भने पाकिस्तानले इरानका राष्ट्रपति हसन रुहानीको २५ देखि २७ मार्च २०१६ मा भएको भ्रमणमा पनि यादव कसरी इरानबाट पाकिस्तान विरोधी गतिविधि सञ्चालन गर्न सफल भए भनी अनुसन्धान गरिदिन आग्रह गर्यो । 

प्रस्तुत छ यादवले दिएको साविती बयान जस्ताको तस्तै– 
मेरो नाम कमाण्डर कुलभुषण यादव हो । म भारतीय नौसेनामा सेवारत अफिसर हुँ । म भारतीय नौसेनाको इन्जिनियरिङ विभागको क्याडर हुँ । र मेरो नाम पाकिस्तानमा रहंदा हुसेन मुवारक पटेल थियो किनभने भारतीय एजेन्सीका लागि इन्टेलिजेन्स जम्मा गर्न मलाई यो नामले सजिलो पथ्र्याे । 

मैले सन् १९८७ मा नेशनल डिफेन्स एकेडेमी ज्वाइन गरेँ र सन् १९९१ देखि २००१ सम्म भारतीय नौसेनामा काम गरेँ । भारतको संसदमा आक्रमण भएपछि मलाई जासुसी संस्थाका लागि सूचना संकलन गर्ने काममा खटाइयो । 

म मुम्बइमा बस्छु, अझै नौसेनामै छु जुन काम म सन् २०२२ सम्म कायम राख्नेछु । 

मैले जासुसी अपरेशनको काम सन् २००३ देखि सुरु गरेँ । यसका निम्ति इरानको चबाहर सहरमा सानो ब्यवसाय सुरु गरेँ । यसले मलाई इरानमा बसोवास गर्न सजिलो भयो र त्यहीँबाट नयाँ नामले सन् २००३ र ४ मा ‘रअ’कै निम्ति पाकिस्तानको कराचीमा मिसन भ्रमण गर्न सजिलो भयो । 

मिसनकै क्रममा सन् २०१२ को सुरुतिर छोटो समय नेपालको दक्षिणी भेगमा मलाई खटाइयो । यस अन्तगर्त मैले नेपालका युवालाई काठमाडौं र नेपालको सरकारप्रति अनादर र सत्रुता बढाउने तालिम दिनु पथ्र्यो । यस क्रममा म कहिले पटना त कहिले नेपालका जनकपुर, बीरगंज, राजविराज र गौर ओहोर–दाहोर गरिरहन्थेँ । त्यहाँ मैले अहिले बलुचिस्तानमा प्रयोग गरेकै शैलीले काम गरेँ । (नेपालमा २८ अगस्ट २०११ देखि १४ मार्च २०१३ सम्म बाबुराम भट्टराई प्रधानमन्त्री थिए । सीके राउत नेपाली राजनीतिक मञ्चमा त्यही समय देखिए । बाबुराम–प्रचण्ड उपस्थित कार्यक्रमबाटै राउत सार्वजनिक भएका हुन्– सम्पादक)

बलुचिस्तानको थप मिसनका लागि मलाई २०१३ को अन्त्यतिर खटाइयो । त्यसपछि म बलुचिस्तान र कराचीमा विभिन्न गतिविधिमा सामेल छु । मैले अनिलकुमार गुप्ता नाम गरेका रअका ज्वाइन्ट सेक्रेटरीलाई रिपोर्ट गर्नुपर्छ । गुप्ताले नै पठाउने सम्पर्क सुत्रहरुमार्फ मैले विद्यार्थी संगठन र अन्य समुहसँग काम गरेको हुँ । 

मेरो उद्धेश्य बलोच विद्रोहीसँग मिलेर योजना बनाउने र त्यसको कार्यान्वयन गर्ने हो । यी योजना अन्तर्गत पाकिस्तानी नागरिकको हत्या, अंगभंग हुने तथा अन्य आपराधिक गतिविधि हुने अवस्था पनि आउन सक्छ । 

मलाई यस क्रममा के थाहा भयो भने रअले बलुचिसतानको मुक्ति आन्दोलनलाई सघाउन पाकिस्तानको यस क्षेत्रमा काम गरिरहेको छ । 

यो आन्दोलनलाई सघाउन विभिन्न तरिका र सम्पर्कबाट आर्थिक सहयोग उपलब्ध गराउने, पाकिस्तानको ग्वादर, पास्नी–जेवानी बन्दर्गाह र अन्य सामुद्रिक सहरमा हानी पुग्नेगरी गतिविधि गर्नु मेरो उद्धेश्य थियो । 

बलुचिस्तानमा युवाहरुको दिमागमा आपराधिक मनोविज्ञान सिर्जना गर्ने, कानुन उल्लंघन गर्न सघाउने, सरकारप्रति अविश्वास पैदा गर्ने काम गरी पाकिस्तान भित्र अस्थिरता सिर्जना गराउने मेरो उद्धेश्य थियो । मलाई रअका अधिकारीहरुले दिएको टार्गेट अनुसार काम गर्न म इरानबाट पाकिस्तानको सरावन सीमा क्षेत्र हुँदै बलुचिस्तान प्रवेश गर्न लाग्दा ३ मार्च २०१६ मा पाकिस्तानी अधिकारीहरुबाट गिरफ्ता भएको हुँ । 

म गिरफ्तार भएपछि रअको इन्टेलिजेन्स अपरेशनमा आउन सक्ने खतरा देखेर मैले आफ्नो वास्ताविक परिचय दिएको हुँ । म नौसेनाको अधिकारी हुँ भन्ने थाहा भएपछि पाकिस्तानी पक्षको सोच मप्रति परिवर्तन भएको छ । र उनीहरुले मलाई सम्मानपूर्वक ब्यवहार गरेका छन् ।  

No comments :

Post a Comment