23 April 2016

अख्तियार प्रमुखलेनै सम्पत्ति विवरण नबुझाएको खुलासा

अख्तियार प्रमुख लोकमानसिंह कार्कीले व्यक्तिगत रिसिवी साँध्न आफुलाई पक्राउ गरेको पत्रकार कनकमणी दिक्षितले बताएका छन्।
 
अख्तियारले जारी गरेको पक्राउ पूर्जी समेत दिक्षितले बुझेका छैनन्। 
 
२३ मार्च २०१६, काठमाण्डौ- अख्तियारका सुरक्षाकर्मीले पक्राउ गरेर लैजादै गर्दा दिक्षितले पत्रकारहरुमाझ आफुलाई लोकमानले रिसिवी साँध्न पक्राउ गरेको प्रतिक्रया दिएका हुन्।  आफुलाई प्राप्त सुचना अनुसार लोकमानसिंह कार्कीले स्वयंले सम्पत्ति विवरण नबुझाएको पनि उनले बताए। 
 
‘लोकमानले मसंग रिसिवी साँध्नका लागि यो सबै गरिरहेका छन्, मलाई आएको सुचनाअनुसार लोकमान स्वयं आफैले सम्पत्ति विवरण बुझाउनु भएको छैन।उहाँलाई कसले के गर्ने?’ उनले भने। 
 
करिब दुई दर्जन सुरक्षाकर्मी र अख्तियारका कर्मचारी उनलाई पक्राउ गर्न आएका थिए। पुलिस ट्रक,पिकअप र जिप गरि तीनवटा सवारी लिएर अख्तियार दीक्षितलाई पक्राउ गर्न शुक्रबार दिउँसो पाटनस्थित उनको निवासमा आएको थियो। 
 
दीक्षितलाई लिनआएका कर्मचारीसंग उनकी पत्नी शान्ता दीक्षितले ‘दुई दिन भएपनि थुन्नका लागि भनेर आएको’? भनेर सोधेकी थिइन्। 
 
‘तपाईँहरु आजै शुक्रबार किन आएको?भोलि शनिबार छ भनेर?’ उनले अख्तियारका कर्मचारीलाई सोधेकी थिइन्,‘सोमबार आएको भए उहाँले पनि आफ्ना तर्फबाट केही जोहो गर्न सक्नुहुन्थ्यो एकजना नागरिकलाई यसरी दुख दिने?’
 
‘सरले आफै गएर भन्नुहुन्छ नि,’अख्तियारका प्रहरीले श्रीमति दीक्षितलाई उत्तर दिएर कनकदीक्षितलाई घेरेका थिए। 
 
अख्तियारको गाडीमा बस्दै दीक्षितले भने,‘राजा ज्ञानेन्द्रको पालामा मलाई ठ्याक्कै यही ठाउँबाट समातेर लगेको थियो, अहिले लोकमानसिंह कार्कीले लोकतान्त्रिक सरकाको लागि भनेर यहीँबाट लग्दैछ।’

No comments :

Post a Comment