08 January 2016

के नेपाकमा सरकार छ ?

बिहिबार मिस नेपाल इभाना मानन्धर भक्तपुरको वासिकचा पुगेकी थिइन् । एसियन युथ सेन्टरको संयोजनमा उनले सो क्षेत्रका भूकम्पपीडितलाई कम्बल बाँडिन् ।
 
सो क्षेत्रमा केही अवलोकन गरेपश्चात भूकम्पपीडितको दयनीय अवस्था देखेपछि उनले भनिन्,‘यो देशमा सरकार भन्ने चीज छ कि छैन ?’
 
उनी थप आक्रोशित देखिइन् र भनिन्,‘यो सरकारले पीडितको व्यवस्थापन अझै किन गर्दैन ?’ उनले यसो भनिरहँदा उनको स्वरमा थोरै रोदन मिसिएको थियो ।
मिस नेपाल मानन्धरले ‘यो आवाज म सम्बन्धित निकायमा पुर्‍याउँछु’ भन्दै भक्तपुरबासीलाई ढाडस पनि दिइन् ।’ 
 
कम्बल वितरणपछि बोल्दै उनले सकारात्मक सोच राख्दै हरेक सकारात्मक कामका लागि युवालाई सक्रिय रहन आह्वान गरिन् । साथै उनले आफू पनि युवा उमेरको महिला भएकाले युवा, महिला र बालबालिकाको क्षेत्रमा काम गर्ने सोच बनाइरहेको बताइन् ।

No comments :

Post a Comment