19 January 2016

मोर्चा र सरकारको बार्ता फेरी भाडियो

बालुवाटारमा तीन दलको बैठक १९ जनावरी २०१६, काठमाडौं– सोमबार शीर्ष तीन दलको बैठक सकिनासाथ मधेसी मोर्चा सम्मिलित कार्यदलको बैठक सुरु भइहाल्यो । शीर्ष बैठक बस्न ढिला भएका कारण कार्यदलको बैठक सुरु हुँदा रात छिप्पिन थालिसकेको थियो । सोमबार राती अबेरसम्म चलेको शीर्ष बैठकबाट सरकार र मधेसी मोर्चाबीच सहमति हुने जुन अपेक्षा गरिएको थियो सो विपरित सहमतिको वातावरण नै विग्रिएको बताइएको छ । कुरा नमिलेपछि मोर्चाका नेताहरु बैठकबाट आक्रोशित बनेर उठेर हिँडेका थिए ।

kp oli baluwatar (2)
कार्यदलको बैठकमा सहभागि मोर्चाका एक नेताले सरकारकै सरकारी पक्षकै कारण सहमतिको वातावरण बिग्रिएको बताए । तराई मधेस सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादवले तीन दलले सीमांकन, नागरिकतालगायतको समस्या समाधान गर्न नचाहेको आरोप लगाए । उनले सोमबारको बालुवाटार बैठकमा तीन दल आइतबारको बैठकहरुमा भएका कुराभन्दा पनि पछाडि फर्केको जिकिर गरे ।
‘आइतबारको बैठकमा पनि आफ्नो मागप्रति सहमति भएकै होइन, तर दुबै पक्षबीच सकारात्मक कुराकानी भने भएको हो’, यादवले रातोपाटीसँग भने, ‘तर, वालुवाटार बैठकमा तीनको बैठकपछि अघिल्लो दिन भएको कुराकानीबाट पनि पछि हट्ने काम भयो ।’
congrss leaders
उनले आफूहरुको माग प्रति तीन दल गम्भीर हुँदै नभएको ठोकुवा गर्दै सरकार गम्भीर नहुँदैमा आफूहरु हतोत्साहित नहुने र सरकार सामु नझुक्ने पनि बताए ।
सरकारले आफूहरुलाई दोस्रो दर्जाको नागरिकको रुपमा लिएको गुनासो गर्दै उनले भने, ‘मोर्चाको मागप्रति राज्य जिम्मेवार नभएकै हो । यो मुलूक हाम्रो हो या हैन ? जनताको लागि संविधान हो या हैन, त्यो स्पष्ट हुनुपर्छ, तर अधिकारका लागि लडेका हामी सकुञ्जेल आन्दोलन गर्छौं, नसके जनताको अघि गएर हात उठाइदिन्छौं । सरकारसँग झुक्दैनौं ।’
आफूहरु अझैं पनि वार्ताको पक्षमा रहेको तर सरकार पञ्चायती शासकभन्दा पनि कठोर बन्दै गएको भन्दै अगाडि भने, ‘विगतदेखि हामीले भनेकै वार्ताको माध्यमबाट समाधान चाहेका छौं, तर पञ्चायती व्यवस्थामा नभएको काम यो सरकारले गरिरहेको छ ।’
तीन दलका नेताहरु प्रचण्ड र सुशील कोइराला र केपी ओली जनताको आन्दोलनको बलमा सत्तामा पुगेको भएपनि उनीहरुले त्यसलाई बिर्सेर तीनै जनतालाई गोली ठोक्ने काम गरेको समेत आरोप लगाए ।
वालुवाटार बैठकमा तीन दलले संयन्त्र बनाएर तीन महिनाभित्र त्यसलाई सीमांकनबारेमा टुग्यांउने प्रस्ताव गरेपनि त्यसलाई अस्वीकार गर्दै मोर्चाले तीन महिनामा कसरी टुग्यांउने र त्यसको विश्वासनियता के हुने कुराको ग्यारेण्टी माग गरेका थिए । यस्तै उनीहरुले तराईमा दुई प्रदेश वा त्यस्तो भाव झल्कने प्रदेश हुनुपर्ने समेत माग गरेका थिए । तर तीन दलका तर्फबाट सहमति हुन नसक्ने जवाफ पाएपनि मधेसी मोर्चाका नेताहरु बैठकबाट उठेर हिँडेका थिए । नेताहरुका अनुसार सोहि विषयमा केहिबेर भनाभन समेत चलेको बताइएको छ ।
यसो त आन्दोलतरत मोर्चाका तर्फबाट कार्यदलमा सहभागी नेताहरुले आइतबार सहमतिको आधार भन्दै छबुँदे प्रस्ताव पेस गरेका थिए । सो बुँदा दुई पक्षनबीच आदान प्रदान नै भइसकेको भएपनि शीर्ष बैठकपछि वातावरण बिग्रिन पुगेको थियो ।
सोमबार साँझ बसेको तीन दल र कार्यदलको बैठकमा प्रमुख तीन दल र मधेसी मोर्चार्ले वार्ता विफल भएपनि नजिक भनिएको सहमति पुन टाढिन पुगेको छ ।
narayankaji shresthaवार्ताको माहौल एकाएक किन बिग्रियो भन्ने प्रश्नमा तीन दलको बैठकमा सहभागी भएका एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले हिजोको घटनाक्रमबारे आश्चर्य प्रकट गरे । उनले हिजो किन वातावरण बिग्रयो भन्ने कुरामा आफै अचम्ममा परेको बताए ।
‘तीन दलको बैठकमा हामीले सकारात्मक निर्णय नै गरेका हौं । दुवै पक्षले पहिलोपटक लिखित रुपमा आफ्ना धारणा प्रस्तुत गरेको कुरालाई हामीले सकारात्मक रुपमा लिएका छौं । दुवै पक्षले पेश गरेको दुई वटा मस्यौदामा आधारित रहेर छलफल गरेर वार्तालाई सहमतिमा टुंग्याउने निश्कर्ष हाम्रो थियो,’ उनले भने ।
मोर्चाले प्रस्तुत गरेको ६ बुँदे प्रस्तावमा मधेसमा दुई प्रदेश भन्ने शब्द राख्ने विषयमा मात्र अहिले नै त्यसो गर्न नसकिने तर बाँकी विषयमा छलफलको आधारमा टुंग्याउने कुरा भएको नेता श्रेष्ठले बताए ।
‘अहिले संख्या किटेरै दुई प्रदेशभन्दा विभिन्न समस्या उत्पन्न हुनसक्छ । त्यसमा भुगोलको, थारुको कुरा आउँछ, त्यही भएर दुई प्रदेशको विषयमा पनि अलि भिन्न मत हाम्रो रहेको थियो,’ नेता श्रेष्ठले भने ।
ram chandra poudel
कार्यदलका सदस्य तथा कांग्रेस नेता महेश आचार्यले फेरि पनि वार्ताबटै गतिरोधको अन्त्य गर्न प्रयास गरिने बताए । यद्यपि अघिल्लो दिनको तुलनामा वार्तामा प्रगति नभएको भएपनि वार्ता महौलनै भने बिग्रिनसकेको रातोपाटीलाई बताए । ‘हिजो साँझको वार्ता प्रगति नभएको साँचो हो तर माहैल नै भने विग्रिएको छैन’, उनले भने, ‘फेरि पनि वार्ताबटै गतिरोध अन्य गर्ने प्रयत्न हुनेछ ।’
यसैबीच सहमतिको वातावरण बिग्रिएसँगै मोर्चाको कार्यदलले पत्रकार सम्मेलन गरेर बैठकबारे जानकारी दिनेभएको छ ।

No comments :

Post a Comment