04 December 2015

नाईटक्लबमा गोलिकाण्ड, १२ को हत्या

४ डिसेम्बर २०१५, कायरो- इजिप्टको राजधानी कायरोमा रहेको एक रात्रि क्लब (नाइट क्लब)मा अज्ञात बन्दुकधारीले गोली हानी १२ जनाको हत्या गरेको छ । 
 
शुक्रबार भएको सो गोलीकाण्डमा अरु केही घाइते पनि भएका छन् । त्यसको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । 
मोटरसाइकलमा आएका बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरेका थिए । यसको जिम्मेवारी कसैले लिएको छैन । 
 
साथै यस विषयमा प्रहरीले पनि अनुसन्धान जारी रहेको जनाएको छ । दक्षिणी कायरोको अगोजा जिल्लामा सो गोलीकाण्ड भएको बताइएको छ । 

No comments :

Post a Comment