13 December 2015

धमलाको घरमा आगोको हमला

काठमाडौं- आज बिहान ७ बजे पत्रकार ऋषि धमलाको काठमाडौं,रानीबारीस्थित विजयमार्गमा रहेको घरमा इन्भर्टर पड्किएर आगलागी हुँदा रु पाँच लाख बराबरको क्षति भएको छ।
घरको तेस्रो तलाको भान्छा कोठामा एक्कासि इन्भर्टर पड्केर आगलागी हुँदा फ्रिज, दराज, लत्ताकपडालगायतका सामान जलेर नष्ट भएका छन्। दमकल, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको छ। रासस

No comments :

Post a Comment