13 December 2015

बिमानस्थलमा तीनवटा जेट बिमान अलपत्र, बिज्ञापन गरेर मालिकको खोजी

Noticeघरपालुवा जनावर वा सामाग्री सडकमै अलपत्र छाडेर हिड्ने मानिस त हामीले देखेकै छौं । तर, अर्बौं रुपैयाँ पर्ने बिमान अलपत्र छाडेर मालिक बेपत्ता भएको पत्याउन गाह्रो पर्छ ।
यस्तै अपत्यारिलो घटना भएको छ मलेसियामा । मलेसीयाको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल तीनवटा बेवारिसे जहाजका मालिकहरुलाई खोजीरहेको छ । चालू बजार मूल्यअनुसार ती जहाजको मूल्य ४ देखि ६ अर्ब रुपैयाँसम्म पर्छ ।
विमानस्थल सञ्चालकले गत सोमबार अंग्रेजी दैनिक द स्टार र चिनियाँ पत्रिका सिन चेउमा बर्गीकृत विज्ञापन निकालेर जहाजका मालिकहरुलाई आफ्नो ‘सामान संकलन गर्न’ १३ दिनको समयावधि दिएको छ ।
उक्त अवधि सकिएपछि बिमानस्थलले या ती जहाजहरुलाई नष्ट गर्नेछ या अनाधिकृत रुपमा पार्किङ गर्दा लाग्ने शुल्क उठाउनका लागि तिनीहरुको लिलामी गर्नेछ । ती जहाजहरु एक वर्षभन्दा बढि समयदेखि बिमानस्थलको पार्किङमा अलपत्र परिरहेको स्थानीय अखबारहरुले जनाएका छन् । बिमानस्थलका प्रवक्ताले यस बीचमा तिनीहरुले कति जरिवाना तिर्नुपर्छ भन्ने बताउन इन्कार गरे ।
विमानस्थलले जहाज कस्को हो भनेर सार्वजनिक जानकारी दिएको छैन, तर जहाजका मालिकसित सम्पर्कमा रहेको जनाएको छ । मलेसिया एयरपोर्टका महाप्रवन्धक जाइनोल मोहम्मद इसाले मालिकहरु मलेशीयाली नभई विदेशी रहेको सिएनएनलाई बताएका छन् ।

कल साइन टिएफ-एआरएन, टिएफ-एआरएच, टिएफ-एआरएम भएका तीन जहाजहरु एयर एटलान्टा आइसल्यान्डीको भएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । यद्यपि, उक्त कम्पनीले सन् २००८ मै ती जहाजहरु बेचिसकेको बतान्छ । त्यसपश्चात जहाजहरु पटक-पटक बिक्री भएको देखिन्छ ।
नागरिक उड्ययन सम्वन्धी ऐनअनुसार मलेशीया एयरपोर्टले जहाजहरु बेच्न सक्छ । सम्भवतः त्यही बाटो खुला गर्न एयरपोर्ट प्रशासनले बिज्ञापन निकालेको हुनसक्छ ।
ब्लुमबर्गबाट अनुदित

No comments :

Post a Comment