माग पुरा भइसके पनि मोर्चाले आन्दोलन गरिरहँदा समस्या भएको पौडेलको भनाइ छ। 'माग पुरा भइसकेको छ,' पौडेलले भने, 'उहाँहरू आन्दोलन छाड्नु हुन्न के गर्ने?' पौडेलले आन्दोलनका नाममा मोर्चा असहिष्णु बन्दै गएको दाबी गरे।
'बुधबार जनकपुरमा भएको घटनाले मोर्चा धार्मिक रुपमा पनि असहिष्णु बन्दै गएको छ,' पौडेलले भने, 'असहिष्णुता र विद्वेष भड्काएर मुलुक र जनताको हित हुँदैन।' मोर्चाले आन्दोलन छाडेर वार्ताबाटै समस्याको समाधान गर्नु उचित हुने पौडेलको सुझाव छ । उपर्युक्तताको आधारमा छलफल गरेर मोर्चाको असन्तुष्टी मिलाउन सकिने भन्दै उनले सीमाङकन मिलाउने नाममा अर्को आन्दोलन हुने अवस्था सिर्जना गर्न नहुने बताए। उनले सहमतिकै आधारमा आगामी अधिवेशनमा सभापतिको उमेद्वारी दिने पनि बताए ।
No comments :
Post a Comment