भारतले लगाएको अघोषित नाकाबन्दी र मधेसी मोर्चाको तराई बन्दका कारणखाना पकाउने एलपी ग्यासको हा–हाकार भइरहेका बेला बायो ग्यास उत्पादनले केही राहत मिल्ने अपेक्षा स्थानीयले गरेका छन् ।
धरान उपमहानगरपालिका–२६ स्थित विष्णुपादुकामा निर्माण गरिएको बायो ग्यासबाट दैनिक १० सिलिण्डर ग्यास उत्पादन गरिँदै आएको छ । यो बायो ग्यासबाट ६२ दशमलव ५ केभी विद्युतसमेत उत्पादन हुने भारतीय इन्जिनियर अरविन्द सिंहले जानकारी दिए ।
कार्की र खापुङले सञ्चालनमा ल्याएको केके लाइभस्टक एण्ड एग्रिकल्चर रिसर्च सेन्टरमा पालिएका गाई, बंगुर, खसीको मलमुत्रबाट बायो ग्यासको उत्पादन सुरु गरिएको हो ।
No comments :
Post a Comment