04 December 2015

नाका बन्द गराएर आफ्नो ब्यापर चौपट पारेको भन्दै भारतीयले भाचिदिए आन्दोलनकारीको हात

४ डिसेम्बर २०१५, वीरगञ्ज-  विहिबार विरगंजको मितेरी पुलमा भिन्न खालको झडप देखियो । अन्य दिन नेपाली नेपाली बिच हुने झडप बिहिबार भने भारतीय र मधेसी मोर्चा बिच भयो ।
भारतीयहरुले लामो समयदेखी नाका बन्द गराएकाले आफ्नो ब्यापर चौपट भएको भन्दै नाकामा बसेका आन्दोलनकारीहरुमाथी आक्रमण गरेका थिए । आक्रमणपछी मोर्चाका कार्यकर्ता डराएर भागेका थिए । नेपाल प्रहरीको उपस्थिती बाक्लिएपछी आन्दोलनकारीहरु पुन: भेला भएर भारतबाट नेपालतर्फको आवागमन पुर्णरुपमा ठप्प पारेका थिए । 

आज बिहान उक्त नाका थुन्न बसेकी तमलोपा नेतृ रेखा साहको हातले झडपको नेतृत्व गरेकी थिइन् । उक्त झडपमा साहको हात भाँचीउको छ भने चार नेपाली र दुई भारतीय नागरिक घाइते भएका छन् ।
घाइते हुनेमा मधेसीमोर्चाका रञ्जन मिश्रा, शत्रुधन यादव र मदन यादव छन् । उनीहरुको अहिले नारायणी उपक्षेत्रिय अस्पताल विरगंजमा उपचार भइरहेको छ ।
धर्नामा वसिरहेका मोर्चाका कार्यकर्तामाथि एक्कासि भारतीयहरुले आक्रमण गरेपछि सो अवस्था आएको प्रहरीले जनाएको छ ।

No comments :

Post a Comment