13 December 2015

महिला लडाकुको गर्भपतन गराउने नर्स पक्राउ


13942674978_7e3316fbf4_c१३ डिसेम्बर २०१५, कोलम्बिया – कोलम्बियाको सबैभन्दा ठूलो विद्रोही समूह फ्राकमा आबद्ध झन्डै १ सयभन्दा बढी महिलालाई जर्बजस्ती गर्भपतन गराउने हिक्टो अर्बोलेडा नामक व्यक्तिलाई स्पेनिस प्रहरीले पक्राउ गरेको छ । उनले म्याडिडमा नर्ससको नाम गर्दै आएको अधिकारीहरुले बताएका छन् । कोलम्बियाले यसअघि उनलाई खोजी गर्दै आएको थियो । कोलम्बियाले महिला १ सय ५० महिला पूर्व महिला लडाकूहरुले विद्रोहमा छदाँ आफ्नो गर्भपतन गराइएको गुनासो गरेपछि गर्भपतन गराउने व्यक्तीको खोजी गर्ने घोषणा शुक्रबार गरेको थियो । गर्भपतन गराउने काममा
अलबेइडिस बुइटरागो नामक व्यक्तीले सबैभन्दा ठूलो भूमिका खेलेको कोलम्बियाको प्रहरीको आशंका छ । जर्बजस्ती गर्भपतन गराइएको पूर्व लडाकूको गुनासो विद्रोही समूहले महिलाले बच्चा जन्माएपछि उनीहरुको लड्ने क्षमतामा कमी आउने भन्दै जर्बजस्ती गर्भपतन गराउने गरेको कोलम्बियाको प्रहरीले खुलासा गरेको छ । प्रहरीले जर्बजस्ती गर्भपतन गराउने फ्राकको नीतिका विषयमा स्पष्ट भएको भन्दै यस सम्बन्धि पर्याप्त प्रमाण रहेको जनाएको छ । बामपन्थी विद्रोही संगठन फ्राकले यसअघि प्रहरीको दाबी झुटो रहेको बताउँदै आएको थियो । यस समूह परित्याग गर्ने एक महिलाले बिबिसीसँग कुरा गर्दै उनलाई ५ पटक गर्भपतन गर्न लगाइएको बताएकी छिन् । उनले महिलालाई या त लडाँईमा जाने या पूरुषसँग यौनका लागि प्रयोग गर्ने नीति फ्राकको रहेको बताएकी छिन् । लडाँईमा छदाँ बच्चा जन्माउन पाउने महिला भाग्यमानी रहेको उनीहरुको भनाई छ । क्युवामा शान्तिवार्ता कोलम्बियामा फ्राक पछिल्लो ५ दशकले युद्धमा छ । तर सन् २०१२ मा क्युवामा भएको शान्तिवार्तापछि स्थितीमा केही सुधार आएको बताइएको छ । कोलम्बियाली सरकारसँग पछिल्लो तीन वर्षमा थुप्रै पटक फ्राकको वार्ता भएको छ । उनीहरुबीच यस दौरान चार बुदेँ सहमति समेत भएको थियो । दुई पक्षबीचको वार्ता आगामी वर्षको मार्चसम्ममा निष्कर्षमा पुग्न सक्ने बताइएको छ । शान्तिवार्ता सफल भएमा कोलम्बियाली विद्रोही पक्ष हतियार र सेना त्याग गरेर राजनैतिक प्रक्रियामा आउनेछ । कोलम्बियामा ५ दशक चलेको युद्धमा झन्डै २ लाख २० हजारले ज्यान गुमाइसकेका छन् । ज्यान गुमाउनेमध्ये अधिकांश सर्वसाधारण छन् ।

No comments :

Post a Comment