25 November 2015

नेपालमा भारतीय टिभि च्यानल र भारतीय चलचित्रहरु बन्द गराउने

biplab२५ नोभेम्बर २०१५, काठमाण्डौ- जनसरकार घोषणा गरेको विप्लव माओवादीले विहीबारदेखि नेपालमा हिन्दी चलचित्र र हिन्दी टेलिभिजन च्यानल बन्द गराउने घोषणा गरेको छ ।
भारतीय नाकाबन्दीको विरोधस्वरुप हिन्दी च्यानल र चलचित्रमा रोक लगाउन लागेको विप्लव माओवादीका नेताहरुले बताएका छन् ।
विप्लव माओवादीका नेता-कार्यकर्ताहरुले चलचित्र हल र केबुल सञ्चालकहरुलाई हिन्दी चलचित्र तथा च्यानलहरु प्रसारण बन्द गराउन दबाव दिँदै आएका छन् । अन्यथा ‘आफ्नो तरिका’ले बन्द गराउने उनीहरुले चेतावनी दिएका छन् ।
‘केबुल सञ्चालक र चलचित्र हल सञ्चालकहरुलाई हिन्दी च्यानल र चलचित्र बन्द गर्न भनिसकेका छौं,’ अखिल नेपाल क्रान्तिकारी
सञ्चार, छापाखाना र प्रकाशन मजदुर संघका संयोजक जन्मदेव जैशीले भने, ‘मानेन् भने हामी हाम्रो तरिकाले बन्द गराउँछौं । त्यसका लागि हाम्रा इन्जिनियरहरु तयार छन् ।’
यसअघि भारतको नाकाबन्दीको विरोध गर्दै केबुल सञ्चालकहरुले स्वतःस्फूर्तरुपमा हिन्दी च्यानल बन्द गरेका थिए । तत्कालीन सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालको दबावमा हिन्दी च्यानलको प्रसारण पुनः सुरु गरिएको थियो ।
अनलाईन खबरमा समाचार छ ।

No comments :

Post a Comment