28 November 2015

नेपाली नेताहरुले हुनै नसक्ने सम्झौता गरेर पुरा नगरेकाले नाकाबन्दी भएको खुलासा

india-blockade-nepal
काठमाडौं – परराष्ट्र मामिलासम्बन्धी जानकारले ‘अहिले भारतले चाहेको चुरो कुरो के हो’ पत्ता लगाई कूटनीतिक र राजनीतिक दुवै माध्यमबाट भारतसँगको समस्या सुल्झाउन सरकारलाई सुझाव दिएका छन् । पटक–पटक भारतबाट हुँदै आएको नाकाबन्दीलाई हल्का रुपमा नलिई यसको दीर्घकालीन समाधान खोज्न उनीहरुको सझाव छ । परराष्ट्र मन्त्रालयले शुक्रबार भारतका कारण देशले भोग्नुपरेको असहज अवस्थाबारे छलफल गर्न डाकिएको बैठकमा सहभागी पूर्व परराष्ट्रमन्त्रीहरु, पूर्वपरराष्ट्र सचिवहरु, पूर्वराजदूतहरु र प्रमुख राजनीतिक दलका विदेश मामिला हेर्ने पदाधिकारी थिए । उनीहरुले सरकारलाई प्रमुख पाँच सुझाव दिएका थिए । पहिलो, भारतले चाहेको के हो, चुरो पत्ता लगाउन । दोस्रो, नाकाबन्दी हटाउनेबारे भारतसँग राजनीतिक र कूटनीकि दुवै माध्यमबाट छलफल अघि बढाउन । तेस्रो, मधेसी मोर्चाको आन्दोलन छिटोभन्दा छिटो सम्बोधन गरी आन्तरिक समस्या सुल्झाउन र चौथो, भारतसँग सम्बन्ध नबिगारी चीनसँग सम्बन्ध थप विस्तार गर्न । पाचौं सुझावमा भने बैठकमा वक्ताहरुको विचार दुई धारमा विभाजित भएको थियो । केहीले अहिलेको नाकाबन्दीलाई अन्तर्राष्ट्रियकरण गर्न सुझाएका थिए भने केहीले अन्तर्राष्ट्रियकरण गर्दा झन् हानि हुने बताएका थिए । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको स्वागत मन्तव्यबाट सुरु भएको बैठक तीन घन्टासम्म चलेको थियो । समय अभावका कारण सहभागी सबै परराष्ट्र मामिला जानकारहरुले बोल्न भने पाएनन् । आजको नागरिक दैनिकमा खबर छ । 

No comments :

Post a Comment