28 November 2015

मधेसी मोर्चाले बस दुर्घटना गराए, तीनको मृत्यु

Image result for bus accident२८ नोभेम्बर २०१५,  राजविराज – मधेसी मोर्चाका कार्यकर्ताको आक्रमणबाट जोगिन तीव्र गतिमा भाग्न खोज्दा पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा यात्रुबस दुर्घटना भएपछि तीनजनाको मृत्यु भएको छ । शुक्रबार बिहान भएको उक्त दुर्घटनामा परी २६ जना घाइते भएको सप्तरी प्रहरीले जनाएको छ । सिन्धुलीबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना५ख १६६४ नम्बरको मातृभाग्य रेखा ट्राभल्सको बस भारदह–१ स्थित राजमार्गमा अनियन्त्रित भई पल्टिएको हो । सुरक्षाकर्मीको स्कर्टिङमा जाँदै गरेको बस प्रदर्शनकारीको ढुंगा प्रहारबाट जोजित तीव्र गतिमा भाग्त खोज्दा अनियन्त्रित भई दुर्घटना भएको आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ । 

No comments :

Post a Comment