29 November 2015

भारतको हेपाई अव नसहने, एक गोली हाने दुई फर्काईने

२९ नोभेम्बर २०१५, इटहरी पूर्व क्षेत्रमा रहेको सुरक्षा अवस्था, चुनौति र आगामी दिनमा अपनाउनु पर्ने रणनीतिबारे छलफल गर्न सुनसरीको इटहरीमा आज क्षेत्रिय सुरक्षा बैठक सुरु भएको छ । इटहरीस्थित सशस्त्र प्रहरीको बराह बाहिनीमा भइरहेको वैठकमा गृहमन्त्री शक्ति बस्नेत पनि सहभागी छन् ।
बैठकमा सहभागी एक सुरक्षा अधिकारीका अनुसार पूर्वी नेपालका विभिन्न जिल्लाको सुरक्षा अवस्था र चुनातिका सम्बन्धमा छलफल हुने
छ । बैठकमा सम्बन्धित जिल्लाका प्रशासन र प्रहरी प्रमुखले जिल्लाको बस्तुस्थितिबारे जानकारी प्रस्तुत गर्ने जनाइएको छ ।
भारतले गरेको अघोषित नाकाबन्दीले पारेको प्रभाव तथा मधेसमा जारी आन्दोलनका कारण सिर्जित अवस्थालगायत विषयमा जिल्लागतरुपमा प्रतिवेदन प्रस्तुत गरिने छ ।
यसबाहेक मुलुकका अन्य भागको सुरक्षा अवस्थाका साथै सुरक्षा रणनीतिबारे पनि छलफल हुने वैठकका एक सहभागीले बताए ।
पछिल्लो समय भारतीय सुरक्षा बल एसएसबीका सुरक्षाकर्मीबाट भइरहेको गतिविधिबारे पनि वैठकमा कुरा उठ्ने जनाइएको छ ।
सुनसरीमा एसएसबीका सुरक्षाकर्मीले नेपाली भूमिमा प्रवेश गरी गोली चलाएको साथै झापाको केचनामा हतियारसहित भारतीय सुरक्षाकर्मी प्रवेश गरेको जस्ता गतिविधिबारे पनि छलफल हुने सहभागीले बताए ।
सबै जिल्लाको अवस्थाबारे प्रतिवेदन प्रस्तुत भएपछि आगामी दिनमा अपनाउने पर्ने रणनीतिबारे पनि छलफल हुने वैठकका सहभागीले बताए । बैठकमा गृहमन्त्री बस्नेत, गृह मन्त्रालयका सचिव नारायणगोपाल मलेगु, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरीका महानिरीक्षक कोषराज वन्त, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मीलगायतको सहभागिता छ ।
यसैगरी पूर्वाञ्चल क्षेत्रीय प्रशासक राजेन्द्रप्रसाद नेपाल, नेपाली सेना, पूर्वी पृतना मुख्यालय इटहरीका उपरथी हरिबहादुर बस्नेत, नेपाल प्रहरीका पूर्वक्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक माधबराज जोशी सशस्त्र प्रहरी बराह बाहिनी पकली मुख्यालयका शसस्त्र प्रहरी नायब महानिरीक्षक निराकरविक्रम शाहको पनि बैठकमा सहभागी छन् ।
बैठकमा पूर्वी नेपालका तराई तथा पहाडी जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, नेपाली सेना सशस्त्र प्रहरी र नेपाल प्रहरीका जिल्ला प्रमुख एवं राष्ट्रिय अनुसन्धान विभागका अधिकृत लगायतको पनि सहभागिता छ ।




No comments :

Post a Comment