28 November 2015

व्याबसायीहरु संघियताको बिरोध गर्दै सडकमा

Pashupati-Murarka
काठमाडौं – तराई–मधेशमा जारी आन्दोलन र भारतीय नाकाबन्दीको कारण देखाउँदै उद्योगी  व्यावसायीले संघीयता विरोधी जनमत निर्माण गर्न थालेका छन् । यसका लागि मुलुकभरका उघोगी व्यावसायीको छाता संगठन नेपाल उद्योगी वाणिज्य महासंघले संघीयता विरोधी अभियान चलाउने तयारी शुरु गरको छ । महासंघका अध्यक्ष पशुपति मुरारकाले ‘एक देश एक प्रदेश’ को पक्षमा दवावमुलक अभियान शुरु गर्न लागिएको बताएका छन् । अध्यक्ष मुरारकालाई उद्धृत गर्दै शनिवार एक दैनिकमा प्रकाशित समाचारमा भनिएको छ, ‘अव केही दिनभित्र निकास निस्किएन भने हामी संघीयता स्थगित गर्नुपर्ने माग लिएर दवावमूलक अभियान शुरु गर्नेर्छौँ ।’ महासंघले अहिलेसम्म यस विषयमा औपचारिक निर्णय भने लिइसकेको छन् । मुरारका अनुसार संघीयता देशका हितमा नरहेको महासंघको पहिला देखिकै बुझाई हो । उनले संघीयताले देशलाई थप नाजुक बनाउने दावी गरेका छन् । उनका अनुसार संघीयता स्थगित गरेर विकेन्द्रीकरणको पक्षमा उद्योगी–व्यवासायी छन् । मुरारकाले आन्दोलनकारी सीमाङ्कन परिमार्जन गर्नुपर्ने पक्षमा कायम रहेको र सरकार परिवर्तन नगर्ने मुडमा देखिएकाले संघीयता स्थगित विकल्प रहेको दावी गरेका छन् । महासंघका अध्यक्षको यस्तो अभिव्यक्तिको उनकै संगठनभित्र विरोध भएको छ । ‘परिर्वनलाई मन नपराउनेहरुले संघीयताको विरोध गर्नु स्वभाविक हो’ महासंघका एक केन्द्रीय सदस्यले रातोपाटीसँग भने, ‘यो मुरारका सरको आफ्नो भन्दा पनि गाइडेड भनाई हो जस्तो लाग्छ ।’ 

No comments :

Post a Comment