28 November 2015

गगन थापा INGO को क्लास लिदै

gagan thapaकाठमाडौं – संसदको कृषि तथा जलस्रोत समितिका सभापति हुन् कांग्रेस सांसद गगन थापा । र, उनले संसदीय मर्यादालाई समेत ख्याल नगरि एउटा आइएनजिओको कार्यक्रममा आफूसहित २३ सभासद्लाई सहभागी बनाएका छन् ।
विश्व बन्यजन्तु कोषले आयोजना गरेको कार्यक्रममा उनीसहित २३ सभासद् सहभागी छन् । चितवनको एक रिसोर्टमा तय भएको कार्यक्रममा लागि समितिका सभापति थापासहितका सांसद पर्यटन बस चढेर चितवन गएका थिए । समितिका सदस्य एबम
 सांसद भवानीप्रसाद खापुङले विश्व बन्यजन्तु कोषले आयोजना गरेको कार्यक्रममा सहभागी बन्न चितवन गएको बताए । विश्व बन्यजन्तु कोषले आयोजना गरेको आवसीय कार्यक्रम नेपालको जलस्रोतको नीतिमा छलफल हुने उनले बताए ।
त्यसो त विश्व बन्यजन्तु कोषले थापा नेतृत्वको समितिमा पहिला देखि नै हस्तक्षेप गर्दै आएको थियो । पहिलो संविधानसभमा उक्त समितिको सभापति शान्ता चौधरी थिइन् । उनले पनि विश्व बन्यजन्तु कोषसँग मिलेर विभिन्न कार्यक्रम गर्दै आएकी थिइन् । त्यति मात्र होइन विश्व बन्यजन्तु कोषका कर्मचारी सन्तोषमणि नेपाल समितिका धेरै जसो वैठकमा सहभागी हुँदै आएका छन् ।

No comments :

Post a Comment