ढुंगा हानेपछि मोर्चाका सबै कार्यकर्ता तितरवितर भएका थिए। दिउँसो एक बजे मोर्चाका कार्यकर्ता सडकमा धर्ना बसेका थिए। एक घण्टापछि नै चुरे भावरका कार्यकर्ताले ढुंगा प्रहार गरेका थिए। चुरे भावरले राजमार्ग अबरोध गर्न नदिने भन्दै मोर्चाको धर्ना अबरोध गर्न पुगेको थियो। प्रहरीले चुरे भावर कार्यकर्तालाई लाठि चार्ज गरेर भगाएको छ ।
भावरका कार्यकर्ताहरुले मोर्चाका नेता कार्यकर्ता चढेर आएका सवारी साधनमा तोडफोड र आजनी गरेका छन्। चुरे भावरको आक्रमणमा मोर्चाका केही कार्यकर्तालाई चोट लागेको मोर्चाले जनाएको छ। दंगाको स्थिति सृजना गर्नेलाई कारबाही गरिने प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेले बताए ।
No comments :
Post a Comment