24 November 2015

किन सिलाए आप्रबासीले आफ्नो मुख ?


ग्रीस र मेसेडोनियाको सीमामा फसेका आप्रवासीहरुले सीमा पार गर्न नदिएको विरोधमा आफ्नो मुख सिलाएर विरोध प्रदर्शन गरेका छन् ।

मुख सिलाएर विरोध प्रदर्शन गर्नेमा इरानका कुर्द समुदायका व्यक्तिहरु रहेको बताइएको छ । केही बंगलादेशी आप्रवासी पनि विरोधमा सहभागी भएका छन् ।

इडोमेनी गाउँनजिक भएको प्रदर्शनमा इरानका केही मानिसलेकपडा निकालेर विरोध जनाएका थिए ।

मेसेडोनियाले सिरिया, इराक र अफगानिस्तानबाट पलायन भएका आप्रवासीहरुलाई मात्र मार्ग दिने जनाएको छ ।

यसबाहेक उसलाई अरु मुलुकबाट आएका आप्रवासीलाई बाटो नदिने जनाए पछि त्यहाँ विरोध भएको हो ।

१३ नोभेम्बरको पेरिस आक्रमणपछि युरोपेली मुलुकहरुले सीमा सुरक्षामा कडाइ गरेका छन् । (एजेन्सी)

No comments :

Post a Comment